सबै पार्टी र नेताहरु उस्तै हुन भन्ने न्यारेटिभ बनाउँन खोज्नु गलत छ : प्रचण्ड (भिडियो सहित )

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सबै राजनीतिक दलका नेताहरु सबै पार्टी र नेताहरु उस्तै हुन भन्ने न्यारेटिभ बनाउँन खोज्नु गलत भएको बताएका छन्।परिर्वतन चाहाने र नचाहनेबीचको संर्घष भैरहने बताउँदै आफुहरु परिर्वतन र विज्ञानको पक्षधर रहेको बताए । अहिले पनि गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता जस्ता परिवर्तनका संवाहकहरुलाई मन नपराउने शक्ति समाजमा रहेको बताए । जनतालाई अधिकार दिन खोज्दा भाउतो ल्याएको भनेर केहि नेताले भनेको स्मरण समेत गरे ।

अध्यक्ष ओलीले आवश्यकता परेमा संघीयताबारे समेत पुनर्विचार गर्न सकिने धारणा राखेका थिए । त्यसको जवाफमा अध्यक्ष प्रचण्डले ओलीको उक्त धारणा अन्ततः निरंकुश राजतन्त्रमा फर्कन चाहना सोचबाट आएको बताएका हुन् । बिहीबार ललितपुरमा आयोजित विज्ञान प्रविधिसँग सम्बन्धीत एक कार्यक्रममा बोल्दै प्रचण्डले त्यस्तो शक्तिलाई परिवर्तनकारी शक्तिले परास्त गर्ने दावी गरे । उनले लेनिले सोभियत सत्ताकै विरोध किन गर्नुपर्यौ होला भन्ने कुरा निकै मार्मिक भएको बताए । उनले आफुलाई कहिलेकाही लेनिनले आफै लडेर ल्याएको व्यवस्थाको विरोध किन गरे भन्ने महशुस भएको बताए ।

उनले माओवादी केन्द्रको महाधिवेसनले विज्ञान र प्रविधि र वैज्ञानिक चेतनालाई आधार बनाएर बैज्ञानिक नीति तय गरेका बताए । विज्ञान र प्रविधिको दृष्टिकोणबाट हेर्दा स्वतन्त्र भन्ने कोही पनि नहुने टिप्पणी गरेका अध्यक्ष प्रचण्डले समाजमा एउटा शक्ति अघि जाने र अर्को शक्ति पछि फर्कने हुने विश्लेषण गरे । व्यक्ति भने पनि दलहरु भने पनि यीनै दुई प्रबृतिबाट निर्देशित हुने उनको भनाई थियो । समाजमा जबरजस्ती सबै नेता उस्तै हुन् भन्ने भाष्य बनाउन खोजिएकोमा असन्तुष्टि जनाउँदै उनले भने, ‘जो जनतालाई वास्तविक रुपमा मालिक बनाउनु पर्छ भन्ने एउटा विचार र कार्यशैली भएको नेतृत्व छ, अर्को भएका परिवर्तन उल्ट्याएर अहिले पनि राजतन्त्रको पक्षमा फर्काउन खोज्ने प्रबृति छ । जो तत्व जसले जनताको अधिकार खोस्ने कुरा गर्ने तत्व छ त्यसलाई परास्त गर्न विज्ञान प्रविधिको क्षेत्रमा काम गर्नेहरुले समेत मिलेर एउटा आन्दोलन सृष्टी गर्नु जरुरी छ ।’

अध्यक्ष प्रचण्डले स्वतन्त्र भन्ने कोहि नहुँने हुँदा अगाडि बढ्ने हो कि पछाडि जाने हो भन्ने छुट्टयाउनुपर्ने बताए । समाज परिर्वतनका लागि प्रगतिशिल बिचार राख्नेहरु एक हुनुपर्नेमा जोड दिए ।

कमेन्ट गर्नुहोस्