उपसभामुखमा गठबन्धनबाट भुसाल र एमालेबाट भट्टराईको उम्मेदवारी

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि दुईजनाको उम्मेदवारी दर्ता भएको छ। सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाल गौतम र प्रमुख प्रतिपक्ष दल एमालेको तर्फबाट सांसद विद्या भट्टराईले उम्मेदवारी दर्ता गरेकी हुन् ।

बिहीबार संघीय संसद् भवन नयाँबानेश्वर पुगेर उनीहरूले उम्मेदवारी दर्ता गराएका हुन्। भुसालले माओवादी केन्द्रका देव गुरुङको प्रस्ताव र एकीकृत समाजवादीकी लक्ष्मीकुमारी चौधरीको समर्थनमा तथा भट्टराईले शान्ता चौधरीको प्रस्ताव र कृष्णभक्त पोखरेलको समर्थनमा उम्मेदवारी दर्ता गराएका हुन् ।

कमेन्ट गर्नुहोस्