काठमाडौं ।त्रिभुवन विश्वविद्यालयले विद्यार्थीको भविष्यमा खेलबाड गरेको भन्दै तुरुन्त कारबाही गर्न शिक्षा तथा स्वास्थ्य समिति बैठक समितिले सरकारलाई निर्देशन दिएको छ । सभापति जयपुरी घर्तीको अध्यक्षतामा सिंहदरबारमा बसेको बेठकले उक्त निर्देशन दिएको हो ।
बैठकमा त्रिभुवन विश्वविद्यालयले संचालन गरेको स्नातक र स्नातकोत्तर तहको परिक्षामा गतसालको प्रश्नपत्रहरु हुबहु दोहोरिएर आएको र स्नातक तहको प्रश्नपत्रमा शीर्षक समेत अर्कै विषय लेखेको तर भित्र अर्को विषय भएको प्रति समितिले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । सो छलफलमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देविन्द्र पौडेल, समितिका सदस्यहरु, मन्त्रालयका प्रतिनिधि, त्रिभुवन विश्वविद्यालयका उपकुलपति र रेक्टर लगायतको सहभागिता रहेको थियो ।सभापति शैक्षिक क्षेत्रको लापरबाही टुलुटुलु हेरेर बस्न नहुने बताइन् ।