आज नागरिकता विधेयक निर्णयार्थ पेश गरिने

प्रतिनिधिसभाको आजको बैठकमा नागरिकता विधेयकलाई निर्णायार्थ पेश गरिने भएको छ ।

दिउँसो १ बजे बस्ने बैठकको सम्भावित कार्यसूचिमा विधेयकलाई निर्णायार्थ प्रस्तुत गरिने उल्लेख छ ।

आजको बैठकमा ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको छलफल जारी रहनेछ ।

त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।

यसअघि सरकारले ल्याएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५ फिर्ता लिएको थियो । उक्त विधेयक संसद र संसदीय समितिमा छलफल सकेर निर्णयार्थ प्रस्तुत गर्ने अवस्थामा रहेका बेला फिर्ता लिएको भन्दै सांसदहरुले आलोचना गरेका थिए ।

कमेन्ट गर्नुहोस्