उपसभामुखमा कसलाई सघाउने भन्ने निर्णय गर्न लोसपा बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुखमा कसलाई सघाउने भन्नेबारेमा निर्णय लिन लोकतान्त्रिक समाजवादी पार्टीको बैठक बस्दैछ।

उपसभामुख पदका लागि आज मतदान हुने भए पछि त्यसअघि निर्णय गर्ने भएको हो । उपसभामुखमा कुन उम्मेदवारलाई साथ दिने भन्ने केन्द्रीय कार्यकारिणी बैठकले टुंग्याउने लोसपा सांसद चन्दा चौधरीले बताएकी छन्।

१३ सांसद भएको लोसपा यसअघि चौधरीलाई नै उम्मेदवार बनाउने तयारीमा थियो। अन्त्यमा ब्याग भएको थियो।

सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी नेत्री पुष्पा भुसाल र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका तर्फबाट विद्या भट्टराई प्रतिस्पर्धामा छन् ।

प्रतिनिधि सभामा गठबन्धनतर्फ बहुमत भएकाले भुसालको जीत निश्चित जस्तै छ । लोसपाले पनि गठबन्धनका उम्मेदवारलाई साथ दिने सम्भावना छ ।

कमेन्ट गर्नुहोस्