भारत भ्रमणमा निस्कदै माओवादी अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आज दिउँसो एक बजे भारत भारत भ्रमणका लागि नयाँदिल्ली निस्कदै छन् । भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जेपी अड्डाको निमन्त्रणामा प्रचण्ड दिल्ली जान लागेका हुन् ।

भारत भ्रमणमा अध्यक्ष प्रचण्डसहित तीनजना मात्रै जाने प्रचण्डको सचिवालयले जनाएको छ । जसमा अध्यक्ष प्रचण्डका प्रमुख स्वकीय सचिव रमेश मल्ल, स्वकीय सचिव एवम् छोरी गंगा दाहाल मात्रै जाने भएका हुन् ।

भारत भम्रणमा निस्कदै गर्दा पार्टीका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ लगायत नेताहरु अध्यक्ष प्रचण्डलाई विदाइृ गर्न एयरपोर्टमा पुगेका छन् । प्रचण्ड साउन एक गते स्वदेश फर्किने कार्यतालिका छ ।

कमेन्ट गर्नुहोस्