४० डिग्री तापक्रम पुगेपछि बेलायतमा संकटकालको घोषणा

लण्डन । तापक्रममा अचाक्ली वृद्धि भएपछि बेलायतले राष्ट्यि संकटकालको घोषणा गरेको छ ।

बेलायतको लण्डन, म्यानचेष्टर र योर्क शहरमा मंगलबारदेखि तापक्रममा बृद्धि भएर ४० डिग्री सेल्यियस पुगेपछि आपतकालको घोषणा गरेको हो । यसबाट दैनिक जीवनको कार्यतालिका प्रभावित भएको विविसीले जनाएको छ ।

संकटकालको आदेशमा रेलसेवा, स्कूल र अस्पतालका केही सेवा समेत बन्द गरिएका छन् ।

सडकमा कालोपत्र पग्लिएको छ । कैयन गाडीहरु सडकमा नै अलपत्र अवस्थामा परेको समाचारमा उल्लेख छ ।

स्वास्थ्य अधिकारीहरुले यो अवस्थाले गर्दा मानवीय स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै चेतावनी जारी गरेको छ । बिरामी हुने अवस्थालाई ध्यानमा दिएर कुनै पनि एम्बुलेन्स ३० मिनेटभन्दा बढी एकै अस्पताल अगाडि रोक्न समेत प्रतिबन्ध लगाएको छ ।

कमेन्ट गर्नुहोस्