गर्भनर अधिकारीको राजीनामा माग गर्दै अखिल क्रान्तिकारीले राष्ट्र बैंक घेराउ गर्ने

काठमाडौं । अखिल(क्रान्तिकारी)ले राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै राष्ट्र बैंकको केन्द्रीय कार्यालय घेराउ गर्ने भएको छ ।
अध्यक्ष पंचा सिंहलाई उदृत गर्दै उपत्यका विशेष प्रदेशका अध्यक्ष संजिव रेग्मिले गर्भनरको राजीनामा माग गर्दै बैंकको केन्द्रीय कार्यालय घरेर विरोध गर्ने कार्यक्रम राखिएको जानकारी दिए ।

महाप्रसाद अधिकारी राज्यको जिम्मेवार पदमा रहेर पार्टीको कार्यकता जस्तो बन्दै अर्थतन्त्र डामाडोल बनाउँन सक्रिय रहेको क्रान्तिकारीको आरोप छ । दुनियाँलाई महाप्रसादको कतुत थाहा हुँदा हुँदै पनि डमि एम अधिकारीको खोजिमा एमाले पार्टी नै लाज पचाएर लागेको भन्दै उनको राजीनामा बिना आन्दोलन नरोकिने क्रान्तिकारीका महासचिव दिपेस पुनले जानकारी दिए ।

क्रान्तिकारीले भोलि साउन १ गते महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटार घेराउ गर्न नेतातथा कार्यकर्तालाई बिहान १०ः०० बजे बालुवाटार उपस्थित हुन आग्रह गरेको छ ।

कमेन्ट गर्नुहोस्