जसपाका ६९ जना नेता तथा कार्यकर्ताद्वारा पार्टी परित्याग

वीरगन्ज। जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय सदस्यसहितका नेताहरूले पार्टी परित्याग गरेका छन्। शनिबार वीरगन्जमा पत्रकार सम्मेलन गरेर उनीहरूले जसपाको साधारण सदस्य समेत नरहने गरि पार्टी परित्याग गरेको बताएका हुन्।

पार्टी परित्याग गर्ने नेताहरूमा केन्द्रीय सदस्यद्वय यादव र शाक्य, प्रदेश सदस्य सलाउदिन अहमद,क्षेत्रीय अध्यक्ष लालबाबु साह, जिल्ला सदस्यहरू कृष्णमोहन यादव, राजवली यादव, प्रदीप चौधरी, चन्द्र नेवार, शोभा यादव, सत्यदेव प्रसाद यादव, कुमारी लामा तामाङ गरी ६९ जना रहेका छन्।

पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य यादवले पार्टी स्वेच्छाचारी र एकलौटी ढंगले सन्चालन गरिएको, पार्टीको नीति प्रति नेतृत्व तह स्पष्ट नभएको, पार्टीमा ठेकेदार र भ्रष्टचारी हाबी भएकोले आफूहरूले सामूहिक रूपमा राजीनामा दिएको बताए। जसपा पार्टी देश र जनताको हितमा नभइ समिति आसेपासे र द्रब्यदारहरूको चंगुलमा फस्दै गएको ठहर गर्दै आफुहरूले पार्टी परित्याग गर्नुपरेको बताए।

कमेन्ट गर्नुहोस्