विविध माग राख्दै वाईसीएलको प्रधानमन्त्रीलाई ज्ञापन पत्र , गभर्नर हट्न सक्ने सम्भावना

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को संगठन योङ्ग कम्युनिस्ट लिग (वाईसीएल)नेपालले गभर्नर महाप्रसाद अधिकारीलाई कारवाहीको माग गरेको छ ।प्रधानमन्त्री शेरबहादुर देउवालाई ७ बुँदे ज्ञापन पत्र बुझाउँदै वाईसीएलले गभर्नर अधिकारीलाई बर्खास्त गरी छानबिन गर्नुपर्ने लगायतका माग राखेको हो ।

वाइसीएलले एमालेको अर्थ विभाग सदस्य रहेको र शैक्षिक योग्यतासमेत नक्कली भएको भन्दै बर्खास्त गर्न माग गरेको हो ।

संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता लिनुपर्ने, विपद् व्यवस्थापन तथा आकस्मिक उद्धारका साथै युवाहरूको क्षमता अभिवृद्धिका लागि अनिवार्य तालिमको व्यवस्था गर्नु पर्ने माग वाईसीएलले राखेको छ ।

एम अधिकारीको छद्म नाममा एमाले अर्थ तथा योजना विभागमा बसेको र शैक्षिक योग्यता ढाँटेर नियुक्ति लिएको भन्दै उनलाई गभर्नरबाट हटाउनुपर्ने माग लिएर शनिबार बालुवाटार पुगेको माओवादी केन्द्रनिकट युवा संगठन वाइसीएलको प्रतिनिधि मण्डलसगँ देउवाले अधिकारीलाई हटाउन सक्ने संकेत गरेका छन् ।

देउवाले शुक्रबार सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैकठमा गभर्नर अधिकारीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका थिए । वाइसीएलले यसअघि बिहीबार गभर्नर अधिकारीलाई कारबाहीको माग गर्दै अख्यितार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएको थियो ।

हेर्नुहोस् ज्ञापन पत्र

कमेन्ट गर्नुहोस्