दिल्लीमा प्रचण्ड र भारतीय विदेशमन्त्रीबीच भेट, आर्थिक सहकार्यमा केन्द्रित छलफल

काठमाडौं। भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शनिबार भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेट गरेका छन्। अध्यक्ष प्रचण्ड र विदेशमन्त्री जयशंकरबीच नयाँ दिल्लीमा भेटवार्ता भएको हो।

भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा भारत भ्रमणमा रहेका अध्यक्ष प्रचण्डलाई स्वागत गर्न पाउँदा खुशी लागेको बताउँदै मन्त्री जयशंकरले आर्थिक सहकार्यमा केन्द्रित भई छिमेकी सम्बन्धलाई सुदृढ बनाउने विषयमा फलदायी छलफल भएको बताए।

शुक्रबार भारत भ्रमणमा गएका उनले शनिबार नै भारतीय सुेरक्षा सल्लाहकार अजित डोभललगायतसँग भेटवार्ता गर्दैछन्। प्रचण्डले शनिबार भाजपाका अध्यक्ष जगतप्रकाश नड्डासँग पनि भेटवार्ता गर्ने र आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेर प्रचण्ड स्वदेश फर्किने कार्यतालिका रहेको उनको सचिवालयले जनाएको छ।

कमेन्ट गर्नुहोस्