विपक्षी उम्मेदबारको मिलिमतोमा चुनाव हराएको भन्दै एमालेकाे कारबाहीमा परे गल्याङका पुर्व मेयर

स्याङ्जा । स्थानीय निर्वाचनमा आफुले टिकट नपाएपछि आफ्नै उम्मेदवार हराउन लागि परेका गल्याङ्ग नगरपालिकाका पुर्व मेयर भूपराज अधिकारीलाई नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले अनुशासनको कारबाही गरेको छ ।

एमाले जिल्ला कमिटी सदस्य समेत रहेका अधिकारीले चुनावमा विपक्षी उम्मेदवारलाइ सहयोग गरेको विभिन्न प्रमाणहरु फेला पारेपछि पटकपटक स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरणमा अधिकारीले जवाफ नदिएपछि कारबाही गरिएको एमाले स्याङ्जाले जनाएको छ। ६ महिनाको लागि पार्टीका सबै जिम्मेवारीबाट निलम्बन गरेको हो ।

यस अघिको स्थानीय निर्वाचनमा करिब २८ सय मतको अन्तरले विजयी भएका अधिकारी अहिले आफुले टिकट नपाएपछि आफ्नै उम्मेदवार हराउन लागि परेको एमालेको आरोप छ ।पूर्व माओवादीबाट नेकपा विभाजन हुँदा एमाले बनेका एमाले स्याङ्जा जिल्लाको पार्टी अध्यक्ष सुर्य प्रसाद गैरे पारस र नेपाली काङ्ग्रेसका जिल्ला सचीव गुरुप्रसाद भट्टराईबीच प्रतिस्पर्धा हुँदा नेपाली काङ्ग्रेसका उम्मेदवार गुरु प्रसाद भट्टराईले नगर प्रमुखमा बिजय प्राप्त गरेका थिए।

नेकपा एमाले फुट्दा एकीकृत समाजवादीको जिल्ला सचीव बनेको चर्चा चलेका अधिकारी केन्द्रमा एमाले सरकार रहेको कारण एमालेमै फर्किएको चर्चा चलेको थियो । आफुले टिकट नपाए एमालेको उम्मेदवार हराउने र आफू एकीकृत समाजवादी पार्टीबाट राजनैतिक यात्रा सुरु गर्ने अभिव्यक्ति दिएका अधिकारीलाई यो कारबाहीले एकीकृत समाजवादीको यात्रा तय गर्न सहज बनाएको जानकारहरु बताउँछन् ।

 

कमेन्ट गर्नुहोस्