मोटरसाइकल चोरीमा संलग्न ४ जना पक्राउ

काठमाडौं । विराटनगरमा मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विभिन्न स्वास्थ्य संस्थामा पार्किङमा राखिएका मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले विराटनगरका २२ वर्षीय नवीन माझी, सुनसरी दुहबीका १८ वर्षीय मोहम्मद सलाउद्दिन, २५ वर्षीय मोहम्मद हजरत र ३४ वर्षीय मोहम्मद नसुरुद्दिनलाई पक्राउ गरिएको हो ।

महानगरपालिका–४ स्थित सामुदायिक मेडिकल, नोबेल शिक्षण अस्पतालको कम्पाउन्डभित्र पार्किङ गरिएको मोटरसाइकल चोरी गरेको प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिए । अनुसन्धानका क्रममा प्रहरीले उनीहरूको साथबाट नम्बर नखुलेको एउटा १ सय ५० सिसीको मोटरसाइकलसँगै, को ६ प ६८०२ र प्र १–०१०–१३ प ४५०७ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको हो ।

पक्राउ परेका चार जनाविरुद्ध मोरङ जिल्ला अदालतबाट चोरी कसुरमा ५ दिने म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

कमेन्ट गर्नुहोस्