९२ वर्षीया बयाेवृद्वाद्वारा विद्युत पाेल उदघाटन

शोभा बन्जाडे, घोराही । दाङ घोराही उमनपा-१५ आदर्शटाेल र ज्याेतिपु‌ञ्जटाेलकाे बीच दीपशिखा चाेकमा निर्मित ५३ फिट अग्लो हाइमास पाेलमा जडान गरिएको ३२०० वाट क्षमताको विद्युत आज सन्ध्याकालमा उदघाटन गरिएको छ ।‌                                         वडा नं. १५ का अध्यक्ष रमेशकुमार पाण्डेयकाे अध्यक्षतामा आयोजित एक कार्यक्रमका बीच कार्यक्रमका प्रमुख अतिथि स्थानीयवासी‌ बयाेबृद्धा कृष्णदेवि उपाध्याय देवकोटाले पावरबक्सकाे स्वीचअन गरेर उदघाटन गरिन ।                                                                           कार्यक्रममा बाेल्दै अध्यक्ष पाण्डेले यस‌ले चारैतर्फ दुई दुई सय मिटरसम्म उज्यालो दिने, सीसी क्यामेरा सेवा र फ्रि वाईफाईकाे काममा समेत सहज हुने कुरा बताउँदै यस्ता बत्तिकाे अरु धेरै ठाउँमा समेत अावश्यक भएकोले यसको प्रक्रिया अगाडि बढिरहेको जानकारी गराए ।                                                                          यसैगरी नेपाली कांग्रेस महासमिति सदस्य भूपबहादुर डाँगीले वडा नं.१५ काे १२ लाख ५० हजार रुपैयाँ बजेटबाट निर्मित यस हाइमासबाट दुर्घटना, चाेरी, बदमासी अादि घटनाहरुमा‌ न्यूनिकरण हुने आशा व्यक्त गरे भने यस कार्यका प्राविधिक नन्दलाल परियारले‌ पनि याे हाइमासबाट हुने उपलब्धि‌ बारे बोलेका थिए ।          कार्यक्रमकाे‌ सहजीकरण स्थानीय आदर्श टाेल विकास संस्थाका अध्यक्ष मीना विष्टले गरेकी थिईन।

कमेन्ट गर्नुहोस्