गभर्नर अधिकारीले २४ घण्टाभित्र राजीनामा नदिए उनका सबै कार्यक्रम बिथाल्ने चेतावनी

काठमाडौं । नेपाल विद्यार्थी संघका अध्यक्ष डोजाङ शेर्पाले गभर्नर महाप्रसाद अधिकारी अधिकारीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । अध्यक्ष शेर्पाले गभर्नर अधिकारीले तत्काल राजीनामा नदिए उनका जुनसुकै कार्यक्रमहरु बिथोल्ने चेतावनी दिए ।


बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडि आयोजित गभर्नर अधिकारी विरुद्धको प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै शेर्पाले प्रधानमन्त्री शेरबहादुर देउवाले अधिकारीलाई तुरुन्त बर्खास्त गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘ सम्माननीय प्रधानमन्त्रीज्यूले उहाँको बर्खास्त गर्नुहुनेछ । यदि गभर्नर अधिकारीले राजीनामा नदिए उनको जुनसुकै कार्यक्रममा गएर सभा बिथोल्ने संयुक्त विद्यार्थी संगठनहरुको अभियान छ ।’

कार्यक्रममा अखिल (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंहले २४ घण्टाभित्र अधिकारीको राजीनामा नआए सडकमा उनका विरुद्ध आगो बाल्ने चेतावनी दिइन् । अध्यक्ष सिंहले पनि गभर्नर अधिकारी संलग्न हरेक सार्वजनिक कार्यक्रमहरु बहिष्कार गर्ने चेतावनी दिइन् ।

नक्कली एम नाम धारण गरी एमालेको कार्यकर्ता महाप्रसाद अधिकारी एमाले अध्यक्ष केपी ओलीको निर्देशनमा नपालको अर्थतन्त्र धरासायी बनाउँन लागि परेको विद्यार्थी संगठनहरुको आरोप छ ।

साथै, गभर्नर विरुद्ध प्रदर्शन गर्ने क्रममा अखिल(क्रान्तिकारीका) विद्यार्थीमाथि प्रहरीको धरपकड गरि हिरासतमा राखेको छ । धरपकड पर्नेहरुमा
क्षितिज सापकोटा,रेशम लाल श्रेष्ठ ,सम्राट थापा,भरत महतरा,बिनोद शाही ,रबिन्द्र न्यौपाने ,बिनोद बहादुर शाही र कृष्ण प्रसाद घिमिरे रहेका छन् । उनीहरुलाई तत्काल रिहाई गर्न क्रान्तिकारीले माग गरेको छ ।

प्रर्दशनका क्रममा अखिल(क्रान्तिकारी)का नेता बाबुराम नेपालीको घाँटी अठठ्याउदै प्रहरी

कमेन्ट गर्नुहोस्