ग्रिसमा कार्गो जहाज दुर्घटना

काठमाडौं । उत्तरी ग्रिसमा एउटा कार्गो जहाज दुर्घटना भएको छ । सर्वियाबाट जोर्डनका लागि उडेको युक्रेनी कम्पनीको जहाज ग्रिसको काभाला नजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा परेको जहाजमा १२ टन ‘खतरनाक’ कार्गो थियो । चालकको विमानको इन्जीनमा समस्या आएको भन्दै काभाला विमानस्थलमा अवतरणको अनुमति मागेका थिए । तर विमान विमानस्थल पुग्नै नपाई खसेको थियो । दुर्घटनामा चालक सहित दुईजनाको निधन भएको पुष्टि भएको छ ।

कमेन्ट गर्नुहोस्