भापजाका अध्यक्ष जेपी नड्डा र प्रचण्डबीच भेटबार्ता , आजै नेपाल फर्कने

काठमाडौं । भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र भापजाका अध्यक्ष जेपी नड्डाबीच भेटवार्ता भएको छ ।भेटमा  भारतीय विदेशमन्त्री जयशंकर र भाजपा विदेश विभाग प्रमुख डा.विजय चौथाइवाला पनि सहभागी थिए।

अध्यक्ष प्रचण्डलाई भाजपाको मुख्यालयमा भापजाका अध्यक्ष जेपी नड्डाले स्वागत गरेका हुन् । भेटमा नेपाल भारत सम्बन्धकासाथै दुई पार्टीबीचको सहकार्यको बारेमा कुरा भएको थियो । त्यहाँ अध्यक्ष प्रचण्डलाई भाजपा पार्टीको गतिविधिको बारेका जानकारी गराउँने कार्यक्रम रहेको छ ।

प्रचण्ड भारत गएदेखि नै राजनीतिक भेटघाटमा व्यस्त बनेका छन् । गत शुक्रबार नयाँ दिल्ली पुगेलगत्तै उनले त्यहाँका सत्ता तथा विपक्षी दललका नेताहरूसँग भेटवार्ता गरेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आजै स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

कमेन्ट गर्नुहोस्