भाजपाको मुख्यालयमा प्रचण्डको भ्रमण (फोटोफिचर )

काठमाडौं ।भारतीय जनता पार्टीका अध्यक्ष जगतप्रकाश नाड्डाको निमन्त्रणामा भारत भ्रमणमा रहेका माओवादी केन्द्रको अध्यक्ष प्रचण्डले भाजपाको मुख्यालय भ्रमण गरेका छन् ।मुख्यालयमा भारतीय जनता पार्टीका अध्यक्ष जगतप्रकाश नाड्डा र अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको थियो । भेटमा भारतीय विदेशमन्त्री जयशंकर र भाजपा विदेश विभाग प्रमुख डा.विजय चौथाइवाला पनि सहभागी थिए ।

मुख्यालयमा प्रचण्डले भारतीय जनता पार्टीको पार्टी व्यवस्थापनको बारेमा जानकारी लिए । साथै दुई पार्टीबीचको आपसी सम्बन्ध र अनुभव साटासाट गर्नेबारे बारे पनि छलफल भएको अध्यक्ष प्रचण्डले जानकारी दिए ।

 

कमेन्ट गर्नुहोस्