काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमण सोचे भन्दा पनि राम्रो भएको बताएका छन् । तीन दिन लामो भारत भ्रमणबाट आइतवार साँझ स्वदेश फर्किएका प्रचण्डले विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले आफू प्रधानमन्त्री भएजस्तै स्वागत सत्कार पाएको र नेतृत्वसँगको छलफलमा पनि नेपालको हितमा उल्लेख्य कुरा भएको बताए ।
उनले दूतावासले आयोजना गरेको भेटमा प्रधानमन्त्री पत्नी आरजु देउवासँग भएको भेटलाई अनावश्यक रुपमा कुरुप बनाएर चर्चा गरिएको भन्दै दुःख पनि व्यक्त गरे ।