सडक बालबालिकाको मिर्गौला बेचबिखनमा संलग्न ५ जना पक्राउ

काठमाडौं । प्रहरीले मिर्गौला बेचबिखनमा संलग्न रहेको अरोपमा ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुले काठमाडौंका सडक बालबालिकालाई लोभ देखाई फकाएर भारत लगि मिर्गौला बेचबेखिन गरेको प्रहरीको आरोप छ ।

सडक बालबालिकाहरुलाई ललाइ फकाई भारत लगेर मिर्गौला बेच्न प्रोसाहित गर्न पाँच लाख रुपयाँ र एउटा नयाँ मोवाइल सेट दिने प्रलोभन देखाउने गरेको पत्रकार सम्मेलनमा ब्युरोका प्रवक्ता प्रहरी उपरिक्षक दानबहादुर मल्लले जानकारी दिए । २०० जना जतिको मिर्गौला बेचिसकेको अनुसन्धानबाट खुलेको उनले बताए । मिर्गौला बेचविखन गर्ने गिरोह काभ्रे जिल्लामा बढि सक्रिय रहेको उनले बताए ।

पक्राउ पर्नेमा रामेछापका धनबहादुर रोका, गुल्मीका विजय कुँवर, दैलेखका धुपेन्द्र शाही र बिमलबहादुर शाही तथा झापाका आशिष तामाङ छन् ।पक्राउ पर्ने पाँच जना मध्ये २ जनाले आफुहरुले पनि मिर्गौला बेचेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्