पुण्यप्रसाद खरेल
‘उदानेलाई आज पनि मातेर रल्लिंदै, सडकमा तथानाम बोल्दै गरेका बेलैमा भेट्टाएछन् नि क्रान्तिकारीले ⁄’ यो हल्ला बस्तीमा चैतको हावासरी हुनहुनाएर पस्यो । केटाकेटीदेखि बुढाबुढीसम्म सबैका आ“खा तल्तलाए । ‘फलानालाई सय भाटा र ढिस्कानालाई डेढ सय भाटा’का हल्ला त प्लेगझै“ फैलिएको थियो । सबैको विश्वास थियो– ‘आज उदानेले पनि कतिसय भाटा भेट्छ । मार्न चाहि“ पक्कै पनि मार्दैनन्’ भन्नेमा ढुक्क थियो बस्ती ।
धर्ममा विश्वास गर्नेहरू भन्थे– ‘कलीले व्याप्त भ’र सर्वनाश हुन आ“टेको छ मान्छे जति ⁄ यस्ता बेला कल्की औतार लिएर आएजस्ता छन् यी …’
कोही भन्थे– ‘रक्स्याहालाई, बाह्रमासेलाई यिनीहरूले मात्र तह लाउने परे । पुलिस त पैसा उठाउ“छ, अझै खाऊन् अझै खेलून् झैं ठान्छ ।’
कोही भन्थे– ‘घरमा सा“ढे भए । अनि अर्काका छोरीचेलीमा आ“खा लाउ“दै हिंडे । ठीक पारे है क्रान्तिकारीहरूले ⁄’
अथवा गाउ“लेहरू सबै नै ल्याप्चे ठोक्थे क्रान्तिकारीहरूका यस्ता कामहरूको खबरमा । ‘ठीक पारे ⁄ .. ठीक छ ⁄ … ठीक छ ⁄⁄⁄ …’ भन्थे गाउ“लेहरू ।
कसले दुईटी स्वास्नी ल्याएको छ, कसले घरमा स्वास्नीलाई अलिक दमन गरेको छ, कसले लुकीचोरी अर्काका छोरी–चेली, स्वास्नीमा आ“खा लगाएको छ, कसले तासमा समय बर्बाद गरेको छ, को रक्सी–रण्डीमा लाग्छ, को गाउ“का सोझासिधा किसानलाई मह“गो ब्याजमा पैसा लगाएर शोषण गर्छ, को जाली–झेली कीर्ते काम गरेर गाउ“बासीलाई रुवाउ“छ, त्यस्तालाई क्रान्तिकारीले कार्बाही गर्दै जिल्लै–देशै थर्कमान पारेको बेलामा यहा“ यस सानो बस्तीमा पनि त्यसको प्रभाव आउनु कुनै अचम्म थिएन । उदानेकी स्वास्नी त बेला–बेला दुःख पोख्थी– ‘आउनू नि हौ हाम्रा गाउ“मा पनि तिनेरु ⁄ …. यस … लाई दसबीस भाटा लाउनू ⁄ अलिक त यो ‘कुकुरको मुत’ खान छाड्थ्यो कि ⁄ ….’
तर उदाने स“गस“गै जवाफ लाउ“थ्यो– ‘हात लाउन् त मेरा जिउमा ? तिनेर्को के खाइद्या छ ? … धेर बक्बक् नगर कालुड्डेकी आमा ⁄ … तेरा ड“ढेल्नाले दुःख पाउला ⁄ …’
भन्दा नभन्दै एक महिना जति अघि आएर– कान समाउन लाएर, आइन्दा खान्न भन्ने पारेर गएथे उदानेलाई । तर उसले फिटिक्कै टेरेन । एकदिन पनि छाडेन । उसरी नै खाइरह्यो । आज फेरि पक्राउ प¥यो । अब आज साह्रो पार्छन् । छाला उक्काउन बेर लाउ“दैनन् ।
क्रान्तिकारीले गाउ“लेलाई भेला गराए चौरमा । उदान सिंलाई हात पछाडि बा“धेर उभ्याए बीचमा । घेरा लाए छापामारहरूले वरिपरि र बाहिर बसाए गाउ“लेलाई र सोधपूछ गर्न लागे–
‘एक महिनाअघि चेतावनी दिएको बेला आइन्दा नखाने भनेर मानेको होइन ? …’ छापामार युवाले प्रश्न गरे ।
‘हो ⁄ …’ पक्राउ परेको उदानेले न दप्कीकन उत्तरमा भन्यो ।
‘किन फेरि खाएको त ?’ … छापामारले फेरि प्रश्न गरे ।
‘खाउ“ खाउ“ लाग्यो ⁄ … खाए“ ⁄ … हामी खाने नै जात हो ⁄ … आनै पैसाले खाए“ ⁄ …’ उदानेले कुनै ख्याल नगरीकन जवाफमा बोल्यो ।
उदाने अन्नाजी पैंतीस छत्तीस वर्षको जस्तो देखिन्थ्यो । उसलाई चौरका माझमा हात पछाडि डोरीले बाँधेर उभ्याइएको थियो । उसका आँखा राताराता देखिन्थे । उभिएको ठाउँमा जिउ थाम्नका लागि सन्तुलन मिलाउन गरेको कोसिस हेर्दा ऊ मातेको कुरामा कुनै शंका थिएन ।
तीन चार बलिया बलिया अठार बीस वर्षे युवाहरू उसलाई बयान लिइरहेका थिए । सय, सवा सय जति त गाउ“लेहरू पनि भेला भएका थिए । तर उनीहरू कसैले ती युवालाई को हुन् ? कहा“बाट आएका हुन् ? चिनेका थिएनन् । सोधेका पनि थिएनन् । गाउ“लेहरूले चिनेका एकैवटा युवा पनि त्यहा“ थिएनन् । ‘उनीहरू क्रान्तिकारी हुन्’ सबैको अनुमान यत्ति हो । अहिलेको व्याप्त हल्लाले यस्तो दृश्य देख्नेबित्तिकै मान्छेहरू ठोकेर भनिहाल्थे– ‘ती क्रान्तिकारी हुन् ⁄’ गाउ“लेहरू बाहिरपट्टि घेरा हालेर उभिएका थिए । ‘अब के गर्ने हुन् नि ⁄ … सबैका अनुहारमा यही त्रास थियो । टाढा टाढाबाट करिब एक वर्ष अघिदेखि नजिकिंदै नजिकिंदै आएको हल्लाको प्रभाव यस्तो थियो कि त्यहा“ कसैले बोल्नु, प्रतिवाद गर्नु हु“दैन । ‘बोल्यो कि ज्यान गयो’ हुन्छ । ‘क्रान्तिकारी’हरू यस्तो शिकार हान्छन् मानौं उनीहरू बाघ हुन् । बाघले झम्टिएपछि शिकार मार्न उसले दोहो¥याउनु पर्दैन रे ⁄ उनीहरू चुनीचुनीकन पक्रन्छन् । पक्रिएपछि पक्रिए पक्रिए । अब दुःख–पुकाराका, माफीका कुनै शब्दकोष छैनन् उनीहरूस“ग । प्रभाव यही हो हल्लैहल्लैमा आएको ।
उदाने बीचमा थियो । उसलाई बयान लिइ“दै थियो । बयान लिने छापामारका साथमा गाउँलेहरूबाट अपरिचित तीन चार युवाहरू थिए । त्यस बाहिर घेरा लाएर बीस पच्चीस जति रुमालले मुखनाक छोपेका कम्ब्याट लुगा लगाएका मिलीटरी जस्ता देखिने आँखामात्र देखाएका केटाहरू–केटीहरू थिए । धेरैजसो घ“गारुका लाठी र खुकुरी बोकेका, दुई जनाले राइफल बोकेका, दुई जनाले पिस्तोल भिरेर लाठी बोकेका थिए । त्यस यता दुईचार हात जमिन छोडेर गाउँलेहरू वरिपरि थिए । पक्राउ परेको मान्छेकी श्रीमती पनि थिइन् जमातमा । भन्दैथिन्– ‘दुईचार भाटा लाएर छोडिदिए अलिक तह लाग्थे कि ⁄ दिनहु“ रक्सी खाएर हामीलाई नर्र्कैमा हाले ⁄ …’
‘अबदेखि खाने कि नखाने ? …’ छापामारले सोधे ।
‘खाउ“ खाउ“ लाग्यो भने खाने । लागेन भने नखाने…’ उसले भन्यो ।
‘खान्छु ⁄ … खान्छु ⁄ … आनै पैसाको खान्छु ⁄ कसैको लुट्तिन, कसैस“ग भिक्षा माग्दिन ⁄ …’ रक्स्याहाले पनि ठा–ठाडो उत्तर ग¥यो । उसको उत्तर गराइ हेर्दा लाग्थ्यो मानौं
क्रान्तिकारीहरूसँग ठा–ठाडो बोल्न उमात्रै सक्छ । मानौं उसले न अध्यात्म जानेको छ, न कुनै राजनीतिक सिद्धान्त या दर्शन । उसले त पिउन जानेको छ र पिउ“ँछ । मानौं ऊ घरकी श्रीमतीलाई दास समान सम्झन्छ, गाली गर्छ, अझ मुखमुखै लागी भने दुईचार घुस्सा मार्छ । उसको परिश्रम र उसको भोटबाट के के तिगडम् भए, को को राजामहाराजा भए उसले देखेको छ । ती महाराजहरूलाई अहिले उसको बारेमा सोच्ने फुर्सत नै छैन । तर ऊ जस्ताको तस्तै छ । आज पाखुरा बजाएर खाए खायो नत्र आज भोकै । भोलि त उसको शब्दावलीमै छैन । त्यसैले उदाने पिउ“थ्यो र आत्मतुष्टि लिन्थ्यो । उसलाई पिउनमा कसले रोक्ने ? ऊ ठान्थ्यो आनो जिन्दगीको बादशाह ऊ आफैं हो । त्यसैले उसको उत्तर ठाडो थियो । उसको ठाडो उत्तरले प्रश्नकर्तालाई अप्ठेरो पा¥यो ।
‘के गरौं कमरेड ? …’ प्रश्नकर्ताले त्यही“ नजिकैको टोलीनेताको मुखमा हेरे ।
टोली प्रमुख आफ्नो ठाउँमा उठे । मुठी बाँधेर सबैलाई अभिवादन गरे । सबैतिर नजर दौडाए र भने– ‘हामी यो कुहिएको समाज बदल्न चाहन्छौं । हामी नयाँ र सुन्दर समाज सिर्जना गर्न चाहन्छौं । हामी शोषकको सरकारको नाश गर्न हपातमा ज्यान राखेर हिंडेका छौं । हामीलाई हाम्रो शरीरको केही माया छैन । हामी हाँसीहाँसी मृत्यु सकार्छौं । मुठीमा मृत्यु बोकेर, टाउकोमा कात्रो बा“धेर हिंडेको मानिस कहिल्यै हार्र्दैन । हामी हार्दैनौं । हाम्रो जीत सुनिश्चित छ ।
….. यसरी रक्सी खाएर, जुवातास खेलेर, रण्डी–बाजी गरेर हिंड्नु भनेको हाम्रो समाजको खराबी हो । हामी यस्तालाई सुधार्न चाहन्छौं । हामी सप्रन सुझाव दिन्छौं । यस फटाहालाई पनि हामीले एक महिनाअघि नै आइन्दा रक्सी नखान, सुध्रन चेताउनी दिएकै हो । अब आज यसलाई सुधारात्मक कार्बाही गरिन्छ । त्यति गर्दा पनि नसुध्रिए यस्ता समाजको का“डोलाई हामी सधै“को लागि सफाचट पार्छौं ।’
‘… सधैँको लागि सफाचट पार्छौं’ …’ यो भनाइ रक्स्याहाकी श्रीमतीलाई छुरी जस्तै लाग्यो । तर पनि अनुहार मलिन पारेर सुनिरही । टोली प्रमुख बोल्दैरहे–
‘… आज यस उदान सिंहलाई सुधारात्मक कार्बाहीको रूपमा हाम्रो चेताउनीलाई उल्लंघन गरेको अपराधमा, रक्सी खाएर जतासुकै हल्ला गरिरहेको अपराधमा, रक्सी खाएर रात–बिरात आनी श्रीमतीलाई हप्काइ दप्काइ गर्ने गरेको तथा कुटपिट गर्ने गरेको अपराधमा हाम्रा छापामारले भाटा हान्ने सजाय गर्नेछन् । कति भाटा भन्ने कुरा हामीले उसलाई हाम्रा भाटाहरूको बिटोबाट छान्न दिंदा उसले छानेको भाटोमा जतिको संख्या लेखिएको हुन्छ, त्यति नै भाटा हानिनेछ । …’ यस्तैमा रक्स्याहालाई भाटाको बिटो लगेर रोज्न दिइयो । हात पछाडि बा“धिएकाले ऊ यादै नगरी बसिरह्यो ।
उसका हात खोलिए । उसलाई फेरि भाटाको बिटोबाट एउटा भाटो छान्न लगाइयो तर उसले कसै गर्दा पनि आफैंलाई हिर्काउने भाटो छानेन । उसलाई निकै कोसिस गरियो भाटो छान्न लगाउनका लागि तर उसले भाटो छान्ने काम गरेन । यसपछि टोली नेताले उसको प्रतिनिधित्व गर्दै एउटा भाटो ताने र हेरे त्यसमा तीन सयको संख्या लेखिएको रहेछ । उसलाई सोही मुताविक तीन सय भाटा हान्ने निर्णय गरियो ।
ती तीनचार युवाहरू र वरिपरिका बीस पच्चीस युवाहरूले एकैसाथ ताली पड्काए । ती युवकहरू पनि अलिक पर हटे । उदान सिंहकी श्रीमती तीन सय भाटाको सजाय सुनेपछि एक्कासी अ“ध्यारी भई । एकजना छापामारले त्यस रक्स्याहाका छेउमा आएर भाटो हातमा समाते । अर्को एकजनाले कागजमा भाटाको गन्तीका धर्का कोर्न तयार भए । भाटो करिब डेढ इन्च घोप्टो र करिब अढाई फीट लामो थियो । छिप्पिएको बा“सको यो भाटो भा“चिने – फुट्ने जस्तो देखिन्नथ्यो ।
भाटा हान्ने छापामार एकछिन टोलाए । टोलाएका बेलामा उनले चिनिया“ क्रान्तिताका एकजना गाउ“ले युवा लालसेनामा भर्ना हुनका लागि माओ त्सेतुङलाई भेटेर अनुरोध गर्दाको कथा सम्झन पुगे ।
वरिपरिका रुमालले नाक–मुख छोपेका युवाहरू चार हात जति पर एकदम तयारीमा उभिए ।
त्यसपछि बन्धनबाट हात खोलिएको रक्स्याहा बीचमा उभियो । उसले चारैतिर हे¥यो । हेर्दा लाग्थ्यो कुनै उम्कने ठाउ“ पाए ऊ भागेर ज्यान जोगाउ“थ्यो । तर मानिसहरूले घेरिएको, नजिकै त्यस्ता जवान छापामारहरू तयारीको तालमा उभिएका ठानेर ऊ एकोहोरोरिएर उभिरह्यो । उसले वरिपरिका गाउ“लेका कसैका अनुहारमा आ“खा जुधाएन । यही बेला भाटा हान्नेले भाटो एक हातमा बोकेर अर्को हातले भाटाको चेप्टोपन छाम्न थाल्यो । टोली नेताले पनि यही बेला उसलाई भाटा हिर्काउन सुरु गर्न आदेश गरे ।
‘ड्याम्म ⁄ …’ रक्स्याहाले थाहै नपार्ई दाया“ चाकमा बज्रियो पहिलो भाटो । छुलुल्ल सुरुवाल भिजायो उसले । वरिपरिको गाउ“लेको समूह अ“ध्यारो कालो भयो ।
‘ड्याम्म ⁄ …’ अर्को भाटो बज्रियो त्यही ठाउ“मा । रक्स्याहा चिच्यायो– ‘किन हात छाड्छस् ए रा“डीका छोरा ? …. तेरो के खाएको छु ? खाए पनि आनै सम्पत्ति खाए“ ⁄ ….’
‘ड्याम्म ⁄ …. ड्याम्म ⁄⁄…. ड्याम्म ⁄⁄⁄ ….’ भाटावालले उसका तिघ्रा, कुम, जा“घ इत्यादिमा धमाधम भाटा जोडतोडले बजाए । भाटाको गन्ती कोर्नेका खातामा दर्जनको संख्या पुगेकै थिएन । एकजना गाउँलेले ‘भयो अब भयो ⁄’ भनेको सुनियो । यसैबेला ‘चूप लाग ⁄ यो कार्बाही फैसलाअनुसार तीन सय भाटामा मात्र पुग्छ’ भनेर एकजना छापामार चिच्यायो ।
लगभग बीस–पच्चीस भाटा हान्दासम्म उदानेले भाटा हान्नेलाई गाली बकिरह्यो– ‘खाए“ भने मेरै पैसा खाए“ ⁄ त“स् रा“डीका छोराको के खाएको छ ? …. किन हात छाड्छस् अर्कालाई ? … बदला लिन भेटें भने मैले जान्या छु …’ भनिरह्यो । भाटाको आवाज सुन्दा यस्तो लाग्थ्यो कि अहिलेसम्ममा त्यो रक्स्याहा मरिसक्नुपर्ने ।
‘कालुड्डेकी आमा’, उदानेकी स्वास्नीका मनमा उसका लोग्नेको आकृति फनफनी घुम्यो । हुन त उसले कहिल्यै पनि हा“सेर मायापिरतीका कुरा उस“ग गरेन, ऊ कुनै दिन ऊ बिरामी हु“दा घरका जो भएका कुखुरा भए पनि सु“गुर भए पनि बेचेर थपक्क उसलाई हेल्थपोष्ट दौडाउ“थ्यो । कुनै गाउ“लेले कालुड्डेकी आमा यस्ती–उस्ती भनेर बचन लाए पनि कम्मरको सिरुपाते खुकुरी नचाउ“दै जाइलाग्थ्यो तर जिन्दगीबाट हार खाएझैं गरी अचेल बढी रक्सी पिउन लागेथ्यो । अहिले अब भाटाको प्रहारबाट कालुड्डेको बाबु गाली गर्न पनि नसक्ने भयो, भाटा हान्नेको प्रतिकारमा औंलो उठाउनसम्म नसक्ने भयो । त्यसपछि उसकी श्रीमती “भयो ⁄ भयो …” भन्दै रुन थाली । प्रत्येक भाटा आनै आङमा परेको जस्तो उसलाई हुनथाल्यो । “रक्सी खाए पनि मै खप्छु अब ⁄ भयो ⁄ भयो ⁄⁄ … अब छोडिदेऊ ⁄” ऊ चिच्याई र छुटाउन बीचमा जान कोसिस गरी । एकजना छापामारले उसलाई बाहिरतिरै धकेलिदियो । बीचतिर घेराभित्र पस्न दिएन । रु“दै कराउ“दै गाउ“लेका माझमा गई । पच्चीस तीस भाटा हानिसकेपछि त कालुड्डेको बाबु बोल्न छोड्यो र चालीस पैंतालीस भाटा हानिसक्दा जिउ नथामेर भुइ“मा लड्यो ।
भाटा हान्ने छापामार एकछिन टोलाए । टोलाएका बेलामा उनले चिनिया“ क्रान्तिताका एकजना गाउँले युवा लालसेनामा भर्ना हुनका लागि माओ त्सेतुङलाई भेटेर अनुरोध गर्दाको कथा सम्झन पुगे । त्यो गाउँले युवालाई माओ त्सेतुङले उत्साहित गर्दै लालसेनाको भान्से काम गर्न प्रेरित गरेथे । तर त्यो युवाले लालसेनामा भर्ना भएर दुश्मनलाई राइफलले उडाउने आकांक्षा भएको कुरामा ढिपी कसेका थिए । यही बेला माओ त्सेतुङले ती युवालाई भनेथे, ‘सबैजनाले राइफल बोक्ता खाना कसले बनाउने नि ⁄ त्यसकारण हाम्रो क्रान्तिका लागि राइफल बोक्ने लालसेनाको जति महŒव छ, ती लालसेनाको लागि मिठो खाना बनाएर खुवाउनेको त्यत्तिकै महŒव छ । त्यसकारण प्रिय युवक ⁄ तिमी खाना बनाऊ ⁄ खाना बनाउन दाउरा चिर ⁄ दाउरा चिरेको बेलामा मुढामा बन्चरो हान्दा प्रत्येकपटक त्यस मुढालाई दुश्मनको टाउको ठान र बन्चरोले यस्तो तोडले हान्ने प्रयत्न गर कि तिम्रो एकै प्रहारले त्यो मुढो दुई याक बनोस् वा दुश्मनको टाउको दुई याक बनोस् ….’
‘ए किन टोलाएको कामरेड ? …’ टोली नेताले टोलाएको भाटा हान्ने छापामारलाई सजग गराए । छापामार झसड्ड भए । भाटो फेरि बर्साउन थाले त्यस रक्स्याहाका जिउभरि ।
छापामारले जोडले उदानेको कुममा भाटो बजारे । उदानेले चोट परेको कुम चिप्ले कीराले आनो अड्ड लुकाउन खोज्दा झैं भुइ“पट्टि पा¥यो । अर्को भाटो छापामारले उसका दाया“ फिलामा बजारे । बिचरा रक्स्याहा भुइ“मा घोप्टियो । छापामारले अर्को भाटा पछाडि चाकमा बजारे । बिचरा रक्स्याहा भुइ“मा यस्तो पसारियो कि उसलाई असह्य पीडा भयो । वरिपरिका मानिसहरूले गोमन सा“पलाई लठ्ठीले बजारेको निर्मम दृश्य सम्झे । “म¥यो ⁄ म¥यो ⁄ …” भनेर साथीहरूले भन्दा पनि नछोडिकन लठ्ठीले टाउको र पुच्छरमा बजारेको जस्तै दृश्य थियो त्यो ।
छापामारले उदानेलाई भाटा हान्दा यस्तो लाग्थ्यो मानौं ऊ प्रतिक्रियावादी शासनको प्रधानमन्त्रीलाई हान्दैछन्, गृहमन्त्रीलाई हान्दैछन् । अहिले भाटा हानिरहेका बेलामा उनी यस्तो ठानिरहेका छन् कि उनी प्रभुत्ववादी शासकलाई भाटा हान्दैछन् या साम्राज्यवादीलाई हान्दैछन् । जे होस्, उनले भाटा हानिरहेका बेलामा बढी क्रूरतापूर्वक भाटा हानिरहेको कुरा प्रस्ट बुझ्न सकिन्थ्यो ।
आइमाईहरूका आ“खाभरि आ“सु आए । ‘भो ⁄ भो ⁄⁄’ भने । तर जब भाटो उनीहरूतिर सोझिने डर भयो चुपचाप आ“खा बन्द गरे । ‘ढुड्डाको दिल छ मेरो’ भन्नेले समेत रक्स्याहामाथि बर्सिरहेका भाटा निर्निमेष हेरिरहने हिम्मत गरेनन् ।
‘घरतिर लैजाऊ“ दाइलाई भनेर आएको । तपाईं हिंड्नुहोस् । काका र म आएका छौं हामी लिएर आउ“छौं । दाइलाई रक्सी खाए भनेर कुटेकै होइनन् । तपाईंले त रक्सी खायो दाइले भनेर कुटेको ठान्नुभयो होला तर यो कुट्नुको कारण हामीलाई थाहा छ । पोहोर भदौमा तल खेतमा पानी लाउन जा“दा त्यो रामबहादुरस“ग दाइको झगडा परेन ? हो, त्यही कारण हो ।
रक्स्याहा भुइ“मा पूरै पसारियो घोप्टो परेर । सायद पिठ्यू“पट्टिको भागले अलिक भाटाको पीडा खप्न सक्छ भन्ने ठान्यो होला । छापामारले उसका चाकमा ड्याम् हाने । फिलामा अर्को ड्याम् हाने । डढेल्नामा ड्याम् ड्याम् हाने र हानिरहे । बल्लतल्ल दुई सय भाटा भयो । एकसय भाटा अझै बा“की रह्यो । भाटा हान्ने छापामार पनि थाके । अर्को छापामार अर्को अझ चौडा र उत्तिकै लामो भाटा लिएर आए । पसारिएको रक्स्याहाको छेउमा आएर खुम्च्याएका खुट्टालाई भाटाले नै सिधा पारिदिए ।
‘ड्याम्म ⁄’ उसका पैतालामा एक भाटा बसाले । रक्स्याहा मानौं मरेको हो कुनै प्रतिक्रिया जनाएन । अर्का पैतालामा फेरि ‘ड्याम्म’ हाने । एवम् रितले मृतप्रायः त्यस रक्स्याहालाई भाटा दोहोरिइरहे । उसकी श्रीमतीलाई कहा“बाट कुन शक्ति प्राप्त भयो, सारा त्यो घेरा तोडेर ‘कालुड्डेको बाबु’माथि घोप्टिन पुगी र चिच्याई चिच्याई रुन लागी– “भाटा मलाई हान ⁄ … मेरा थाप्लामा हान भाटा ⁄⁄ यो निर्दोषलाई नहान भाटा … कुन बुद्धिले मैले छिमेकीस“ग उसले रक्सी खाएर मलाई कुटेको कुरा सुनाए“छु नि ⁄ भयो नकुट उसलाई । निठुरी ज्यानमारा हो मलाई मार बरु । मलाई मार … मेरो स्यु“दोको सिन्दुर नलुट ⁄ …” यस्तै दुई तीन छापामारले उसलाई कड्याप्प समाएर घेरा बाहिर ल्याए । तर पनि हार नखाई उसले विद्रोह गरिरही । भाटा हान्ने कुरामा उनीहरूले रत्तिभर सौलियत गरेनन् । अहिले भाटाको वजन अलिक घट्यो । तर तीन सय भाटा पु¥याउनै पर्ने भएकाले अरू थप बा“की पच्चीस ड्याम् हिर्काएर छापामारहरू ज¥याकजुरुक उठे ।
टोली नेताले शोकमग्न झैं देखिने जनसमूहलाई भने ‘हामी जा“डरक्सी, तासजुवा, अनैतिकता आदिका शत्रु हौं । हामी शोषण र अन्यायका विरोधी हौं । हामी जनताका सच्चा मित्र हौं । हामीले दिएका निर्देशन र चेताउनीहरू राम्ररी पालन गरिनुपर्छ । पालन भएनन् भने यस्तै हो ।’ उनीहरू बाटो लागे ।
गाउ“लेहरू उदाने सिंलाई उठाउन र अस्पताल लाने तरखरमा लागे । यही बेलामा छापामार समूहको एकजना कमरेडले फर्केर चर्को स्वरमा भने– “तपाईंहरू जुन बाटो आउनुभएको थियो, त्यो बाटो आ–आनो घर तुरुन्त फर्किहाल्नुहोस् । यहा“ कोही पनि नपर्खनुहोस् । यस रक्स्याहालाई यही“ छोड्नुहोस् । कसैले यसलाई सहयोग गर्छ भने, अस्पताल लान्छ भने त्यसलाई पनि यही कार्बाही हुनेछ । …. तपाईंहरू फर्कनुहोस् । फर्कनुहोस् । …”
बिस्तारो बिस्तारो घोसे मुन्टो लाएर धेरैजसो बाटो लागे । तर उदाने सिंहकी स्वास्नी लोसेलोसे हु“दै चौरमा पसारिइरहेको आनो लोग्नेका छेउमा गई । उसको लोग्ने मरेसरह बेहोस पसारिएको थियो । हात समातेर उठाउन प्रयत्न गरी । हात आगो जस्तो तातो थियो । उसले शरीरका अरू भाग छामी । अगुल्टो जस्तो तातेको थियो छामेको भाग । मरेतुल्य बेहोस पसारिएको लोग्नेलाई उसले उठाउन सकिन । उसले छापामारहरूतिर हेरी उनीहरू गैसकेका थिए । गाउ“लेहरूतिर हेरी उनीहरू पनि गैसकेका थिए । पुलिसहरूस“ग भन्दा गाउ“लेहरू ती छापामारहरूस“ग डराए । पुलिसहरूले यस्तो गरेका भए गाउ“लेहरू उसलाई धेरै सहयोग गर्नेथे । यति धेरै डराएर लुसुलुसु घरतिर पुच्छर लुकाएर जाने थिएनन् ।
घाम डुबे । दिन डुब्यो । आज उदान सिङ्की स्वास्नीको सपनाको घाम पनि डुब्न डुब्न खोजेको छ । उसले सम्झी– ‘बरु अस्ति पल्ला गाउ“को हरेलाई चारपाटा मुढेर, आ“खीभौं खौरेर, परेला काटेर अनि कान समातेर उठबस गर्न लाएका थिए रे ⁄ त्यसो गरेका भए यस्तो साह्रो त हुने थिएन कि ⁄’ कुन ठीक कुन बेठीक ऊ सजायका प्रकारहरू मनमनमा तौलिन थाली । औंसीका रातकै झैं अन्धकार पसिंदै पसिंदै उदानसिं भएतिर आउन लाग्यो ।
कालुड्डेकी आमाको मनमा अनेकन कुराहरू मडारिए– ‘के उदान सिं चोरडाका थियो ? के ऊ जिम्दार थियो ? के ऊ प्रतिक्रियावादीहरूको सुराकी थियो ? किन आज यसले यत्रो सजाय पायो ?’ अनेकन कुराहरू मनमा खेलाइरही । सुधारात्मक कार्बाहीको यो स्वरूप उसको कफल्लो मनले बुझ्नै सकेन । ऊ पनि त्यही“ घोप्टो परेर घु“क्क घु“क्क गर्न थाली ।
उसले लोग्नेलाई उठाएर घर लग्न प्रयत्न गरी । ऊ हात समातेर उठाउन बल गर्थी । भाटाको प्रहारले आगोजस्तो तातेको हात मात्र उचालिन्थ्यो जिउ चट्पटाउ“दैनथ्यो । टाउको दुई हातले उठाउ“थी । जिउ नउठ्ता फेरि क्यैनकाम हुन्थ्यो । बल्लतल्ल गरेर घोप्टिएको उसको लोग्नेलाई उसले उत्तानो फर्काई । उसका लोग्नेका दुवै आ“खाबाट बलिन्द्र धारा बगेको उसले प्रस्टै बुझी । उसले उसका आ“खा आनो मजेत्राको फेरले पुछिदिई । उसको भक्कानो फेरि फुट्यो । आ“सु पछ्तै साउतीको स्वरमा छापामारहरूको निठुरताउपर उसले धेरै गाली बकी ।
‘कालुड्डेको बाबु ⁄ … हौ कालुड्डेको बाबु ⁄⁄’ उसले उदान सिंलाई होसमा ल्याउन बल गरी । अह“ ‘कालुड्डेको बाबु’ले ऐया आत्थु केही गरेन । आ“खा उघारेन । उसले ‘कालुड्डेकी आमा ⁄’ भनेर बोलाए कस्तो हुन्थ्यो भनेर यता र उता झाड्डल झुङ्गुल पारी । तर अह“ उसका आ“खा खुलेनन् । उसलाई गाउ“का एक दुई उदानेका संगतीहरूस“ग खुब रिस उठ्यो– ‘रक्सी खान पस्दा स“गै पस्ने असत्तीहरू त अहिले आउनु पर्ने ⁄ …’ उसले सम्झी ।
यस्तैमा रक्सी खाने संगती नआए पनि पल्ला घरे साइ“लो आइपुग्यो । उसले पत्तै पाइन । साइ“लो बोल्यो– भाउज्यू ⁄ …’
‘भाउज्यू’ पनि झसड्ड भई र यताउति हेरी । आ“सु लत्पतिएका आ“खास“ग ऊ बोली– ‘ए ⁄ साइ“ला पो ⁄ कताबाट आयौ फेरि ? … हेर न ⁄ तिम्रो दाजुलाई …’
‘घरतिर लैजाऊ“ दाइलाई भनेर आएको । तपाईं हिंड्नुहोस् । काका र म आएका छौं हामी लिएर आउ“छौं । दाइलाई रक्सी खाए भनेर कुटेकै होइनन् । तपाईंले त रक्सी खायो दाइले भनेर कुटेको ठान्नुभयो होला तर यो कुट्नुको कारण हामीलाई थाहा छ । पोहोर भदौमा तल खेतमा पानी लाउन जा“दा त्यो रामबहादुरस“ग दाइको झगडा परेन ? हो, त्यही कारण हो ।
त्यो रामबहादुर अचेल क्रान्तिकारी भएको छ नि त … ⁄
२०५८/३/१२
वेदना त्रैमासिक २०५९ बाट साभार