मुलपानी रंगशालाको निर्माण कार्य युद्ध स्तरमा अघि बढाउन मन्त्री अथकको निर्देशन

काठमाडौं । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज ( अथक)ले निर्माणाधिन मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला अनुगमन गरेका छन् ।

निरीक्षणका क्रममा मन्त्री अथकले निर्माणाधिन अन्तर्राष्ट्रिय कृकेट रंगशालाको निर्माण कार्य युद्ध स्तरमा अघि बढाउन निर्देशन दिए । कामलाई तिब्रता दिएर २ बर्ष भित्र निर्माण कार्य सम्पन्न गर्न आग्रह गरे । निर्माण कार्य गुणस्तरिय हुनुपर्ने भन्दै त्यसको प्राविधिक पाटोलाई ख्याल गर्नुपर्ने बताए ।
साथै उनले खेलकुदलाई उद्योगको रुपमा विकास गर्नुपर्ने बताउँदै त्यसका लागि सबै खेलप्रेमीको इमान्दार प्रयासको आवश्यकता औल्याए ।

मन्त्री अथकले उक्त स्थानमा अन्तर्राष्ट्रिय स्तरको बक्सिङ कबडहल निर्माणका लागि सम्भावित जग्गाको समेत निरिक्षण गरेका थिए ।

अनुगमन तथा निरीक्षणमा मन्त्रालयका सचीव डा.दामोदर रेग्मी,राखेप सदस्य सचीव टंकलाल घिसिङ लगायतको टिम सहभागी रहेको थियो ।

कमेन्ट गर्नुहोस्