अत्यधिक गर्मीका कारण सिद्वार्थनगरका विद्यालयमा बिदा

बुटवल । अत्यधिक गर्मी बढेपछि रुपन्देहीको सिद्वार्थनगर नगरपालिकाले विद्यालयहरुमा ७ दिन बिदा दिएको छ ।

गर्मीले विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भन्दै नगरपालिकाले सूचना जारी गरी वर्षे बिदा दिन संस्थागत तथा धार्मिक विद्यालयलाई निर्देशन दिएको हो ।
नगरपालिकाका शिक्षा अधिकृत जानह्वी पाण्डेयले जारी गरेको सूचनामा भनिएको छ– ‘वर्षायामको समय भएको तर पानी नपरेका कारण अत्याधिक गर्मी भई विद्यार्थीहरुको स्वास्थ्यमा नै प्रतिकूल असर पर्न सक्ने हुँदा वर्षे बिदाबाट कट्टी गर्ने गरी २०७९/४/३ देखि २०७९/४/९ गतेसम्म ७ दिनका लागि सम्पूर्ण संस्थागत तथा धार्मिक विद्यालय बिदा गर्नु हुन अनुरोध छ ।’

कमेन्ट गर्नुहोस्