काठमाडौंका खोला किनारका बस्तीमा बाढी आउनसक्ने भन्दै सचेत हुन आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज साँझ सम्म तटिय क्षेत्रमा उच्च सतर्कता अपनाउँन आग्रह गरेको छ । विभागले एक सुचना जारी गर्दै वर्षाका कारण काठमाडौंमा विभिन्न खोलामा जलाधार बढ्न सक्ने भन्दै खोला किनारका बस्तीमा उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।

जल तथा मौसम विज्ञान विभागले भनेको छ –
पछिल्लो १ घण्टा काठमाण्डौको विष्णुमती, धोवीखोला जलाधारमा भारी बर्षा मापन भएको छ, विष्णुमती गंगबु बसपार्क बाढी मापन केन्द्रमा जलसतह करिव १.५ मिटले बढेको छ, विष्णुमती र धोवीखोलाको पानी किनारको बस्ती र सडक सम्म आउन सक्छ, आज साँझ सम्म तटिय क्षेत्रमा उच्च सतर्कता अपनाऔ ।
जल तथा मौसम विज्ञान विभाग

कमेन्ट गर्नुहोस्