काठमाडौं। नेपाल प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलले पदबाट राजीनामा दिएका छन्।
सोमबार दिउँसो नक्सालस्थित प्रहरी प्रधान कार्यालय पुगेर पोखरेलले राजीनामा पत्र बुझाएको केन्द्रीय प्रहरी प्रवक्ता टेकप्रसाद राईले जानकारी दिए ।
गत असार ३१ गते सर्वोच्च अदालतले प्रहरी महानिरीक्षकमा धिरजप्रताप सिंहलाई निरन्तरता दिने आदेश दिएपछि पोखरेलले सोमबार राजीनामा पत्र बुझाएका हुन् ।
प्रहरी महानिरीक्षकमा सिंहलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध एआइजी पोखरेलले विसं.२०७९ वैशाख १९ गते सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए ।