त्रिवि र अनसनरत अनेरास्ववियूबीच ११ बुँदे सहमति, अनसन फिर्ता

काठमाडौं । त्रिभुवन विश्वविद्यालय र अनसनरत अनेरास्ववियूबीच सहमति भएको छ ।

विश्व विद्यालय सुधारका विभिन्न माग राखेर नेकपा(एकिकृत समाजवादी)को विद्यार्थी संगठन अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीको नेतृत्वमा अनेरास्ववियू ७ दिनदेखि अनिश्चितकालिन आमरण अनसनमा थियो ।

आज विद्यार्थीहरुले उठाएका माग सम्बोधन गर्न त्रिवि सहमत भएसँगै ११ बुँदे सहमति भएको हो । उक्त सहमतिसँगै आन्दोनरत अनेरास्ववियूका नेताले असार २८ गतेबाट शुरु गरेको अनसन फिर्ता  लिएका छन् ।

हेर्नुहोस सहमतिकाे पूर्णपाठ

कमेन्ट गर्नुहोस्