योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक माथि दफावार छलफल, अर्को बैठकले पारित गर्ने

काठमाडौं । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक २०७६ माथि दफावार छलफल जारी रहेको छ ।

समितिको आज सिंहदरबारमा बसेको बैठकमा योगमाया आयुर्वेद विश्वविद्यालयको प्रकृति, सङ्गठनात्मक संरचना, लगानी, अध्ययन अनुसन्धानका क्षेत्रलगायतका विषयमा सांसदहरुले धारणा राखेका छन् ।

बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले विधेयक अहिलेको आवश्यकता भएकाले तत्काल पास गरेर लैजानुपर्ने विचार व्यक्त गरे ।

पूर्व शिक्षा मन्त्री एवं नेकपा माओवादी केन्द्रका सांसद गिरिराजमणि पोखरेल, नेकपा एमालेका सांसद योगेश भट्टराई, सरिता न्यौपाने, मीनबहादुर विश्वकर्मा, प्रेम सुवाल लगायतले छलफलमा भाग लिए।

त्यस्तै, शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक संशोधनसहित अर्को बैठकले पारित गर्ने जानकारी गराएकी छन्।

कमेन्ट गर्नुहोस्