पानीका लागि बोरिङ खन्दा निस्कियो मिथेन ग्याँस

काठमाडौं । जोरपाटीमा पानीका लागि बोरिङ खन्दा ग्याँस निस्किएको छ । स्थानीय सन्तवीर लामाको घरमा बोरिङ खन्ने क्रममा जमिनबाट मिथेन ग्याँस र बालुवामिश्रित लेदो निस्किएको हो ।

महानगरीय प्रहरी वृत्त बौद्धका अनुसार बोरिङ खनेको ठाउँमा निरन्तर लेदोसहितको फोहरा निस्किएको छ । आज मंगलबार बिहान साढे १० बजेदेखि उक्त फोहोरा निस्किएको हो ।

बाहिरबाट हेर्दा धुवाँको मुस्लो निस्किएको जस्तो देखिए पनि लेदो र बालुवा समेत निस्किइर वरपरका घर र संरचना फोहोर भएका छन् । बोरिघ खनेको घर आसपासका १५–२० घरका भित्ता र छतमा समेत लेदोले ढाकिएको छ । सो लेदोका कारण जोरपाटी चोकसमेत हिलाम्ये भएको बताइएको छ । ग्याँस तीव्र वेगमा जमिनबाट निस्केको हुनाले सो वेगसँगै हिलोमाटोका कणहरु हावामार्फत टाढा टाढासम्म पुर्‍याएको हो ।

कमेन्ट गर्नुहोस्