कोलम्बो, श्रीलंकामा गोटाबाया राजपक्षेले राजीनामा दिएपछि आज संसदले नयाँ राष्ट्रपति चुन्न गइरहेको छ ।
राष्ट्रपति पदका लागि तीनजना उम्मेदवार रहेका छन् । कार्यवाहक राष्ट्रपति रनिल बिक्रमसिंघे, दलस अलापेरुमा र वामपन्थी नेशनल पिपुल्स पावर पार्टीका अनुरा कुमारा दिसानायके उम्मेदवार रहेका छन् ।
सत्तारुढ दल एसएसपीपीले प्रधानमन्त्री तथा कार्यवाहक राष्ट्रपति रनिल बिक्रमसिंघेलाई अघि सारेको छ । तर प्रदर्शनकारी भने राजापक्षेजस्तै उनले पनि विदा हुनुपर्ने चाहिरहेको बिबिसीले जनाएको छ ।
रनिल बिक्रमसिंघेलाई सत्तारुढ पार्टीकै असन्तुष्ट सांसद दलस अलापेरुमाले टक्कर दिन गइरहेका छन् । अलापेरुमालाई विपक्षीले समेत समर्थन दिएका छन् ।
नयाँ राष्ट्पतिको कार्यकाल २०२४ मा समाप्त हुनेछ ।
आज हुने मतदानमा कुल २२५ सांसदले मतदान गर्नेछन् । राष्ट्रपतिमा चुनिन भने बहुमत आवश्यक रहेको छ ।