वाल्मीकि विद्यापीठमा ऐपेक्स ईन्स्टिच्युटको रजगज

काठमाडौं । काठमाडौंको प्रर्दशनी मार्गमा रहेको संस्कृत विद्यापीठ वाल्मीकिमा ऐपेक्स ईन्स्टिच्युटको रजगज चलेको छ ।सो ईन्स्टिच्युटले वाल्मीकि विद्यापीठको प्राङ्गढमा रहेको अस्थाई टहरामा कक्षा मात्रै संचालन गरेको छैन । विद्यापीठ नै ईन्स्टिच्युटको भए जसरी होडिङ बोर्ड समेत राखेर वाल्मीकि नै निजी ईन्स्टिच्युको हाे कि जस्तो बनाएको छ ।

नेपाल संस्कृत विश्व विद्यालयको आंगीक क्याम्पसको रुपमा रहेको वाल्मीकि विद्यापीठमा होडिङ बोर्ड सहित किन ईन्स्टिच्युट संचालन गर्नु भएको भनेर हामीले ऐपेक्स ईन्स्टिच्युटका संचालक हरि पौडेललाई हामीले प्रश्न गरेका थियौं । प्रश्नको जवाफमा संचालक पौडेलले आफुहरुले टेन्डर प्रक्रिया मार्फत लिजमा लिएर व्यावसाय गर्दै आएको बताए । उनले भने, “हामीले यो स्थान लिजमा लिएर पैसा तिरेका छौं , लगानी गरेर व्यावसाय गरेपछि बोर्ड राखेर कक्षा संचालन गर्नु स्वभाविक हो।” बाँकि विषय जानकारी गराउँन नसक्ने भन्दै उनले आफुसँग नभइ विद्यापीठ प्रसासनसँग किन लिजमा दियो भनेर बुझ्न आग्रह गरे।

वि.सं. २०७२ सालमा गएको भुकम्पबाट क्षति भएको नेपाल संस्कृत माविको भवन निर्माणको ठेक्का लिएको चिनियाँ कम्पनि (साङ्घाई कन्सट्रक्सन)ले मजदुरको आवासकालागि शिक्षा मन्त्रालय र नेपाल संस्कृत विश्वविद्यालयको अनुमतिमा टहरा निर्माण गरेको थियो । उनीहरुको काम सकिएपछि उक्त टहरा स्वतः विद्यापीठको स्वामित्वमा आएको थियो ।

ऐपेक्स ईन्स्टिच्युटले वाल्मीकि विद्यापीठमा यस अघि पनि कोठाको मासिक १५ देखि २० हजार तिरेर आवश्यकता अनुसार कक्षा संचालन गर्दै आएको थियो । तर अहिले उक्त ईन्स्टिच्युटले विद्यापीठमा होडिङ बोर्ड नै राखेर ६ वटा कोठामा कक्षा संचालन गर्दै आएको छ ।

 

विद्यापीठमा होडिङ बोर्ड राखेर निजी सम्पति जस्तै गरी एउटा ईन्स्टिच्युटले रजगज चलाएको गुनासो बढी नै आइसकेपछि यथार्थ बुझ्न हामीले विद्यापीठको प्रशासनका कर्मचारीसँग  कुराकानी गरेका थियौं ।

हामीले उनलाई विद्यापीठलाई किन निजी ईन्स्टिच्युट जस्तो बनाएको भनेर एक जना कर्मचारीलाई प्रश्न गरेका थियौं । चिनियाँ कम्पनीले बनाएको अस्थाई संरचना उपयोग गरेर विद्यापीठको आन्तरिक आम्दानी बढाउने उदेश्यले ३ विर्षका लागि मासिक ५५ हजार आउने गरी लिजमा दिएको उनले जानकारी दिए । ती कोठा लिजमा लगाउन वाल्मीकि विद्यापीठले आफ्नै भित्ते पत्रिकामा एक सुचना जारी गर्दै टेन्डर आह्वान गरेको उनले बताए ।

 

होडिङ बोर्ड सहित कक्षा संचालन गरेकोबारे बाल्मीकि विद्यापीठका क्याम्पस प्रमुख प्रा.डा. भगवत ढकाललाई किन क्याम्पसलाई इन्स्च्यिुटमा परिणत गरेको भनेर सोधेका थियौं । क्याम्पस हाताभित्र रहेको उक्त स्पेस प्रकृया मार्फत नै विद्यापीठको आम्दानी बढाउन साँझ बिहानको समय ऐपेक्स इन्सिच्युटलाई दिएको बताए । सम्झौतामा होडिङ बोर्ड राख्न दिनेबारे केही नभएको बताए । उक्त संस्थासँग भएको सम्झौता हेर्न सकिने उनले बताए । उनले भोलि नै हटाउन लागाउँने समेत बताए। उनले भने, “क्याम्पसको साइडमा फाहोरको थुप्रो भएको कारण त्यहाँ हाडिङ् बोर्ड राखेका रहेछन् । त्यो भोलि नै हटाउन लागाउछौं । बरु मिडियाले क्याम्पस र विद्यालय क्षेत्रमा फोहोरको डङ्गर थुपार्ने कुरालाई उठाइदिनु पर्यौ । बोर्डले भन्दापनि फोहोरले समस्या बनाएको छ ।”

लिजका लागि ६ वटा संस्थाले निवेदन हालेपनि पहिले देखि नै कक्षा संचालन गर्दै आएको ऐपेक्स ईन्स्टिच्युटले नै टेन्डर पारेको हो। ऐपेक्स ईन्स्टिच्युटले मासिक ५५ हजार विद्यापीठलाई दिने गरि पुष १ गतेबाट ३ वर्षका लागि सम्झौता गरे कक्षा संचालन गर्दै आएको उनले जानकारी दिए। तर हामीले सम्झौता पत्र र टेन्डरमा सहभागी संस्थाको बारेमा विवरण माग्दा डकुमेन्ट राखेका कर्मचारी बिदामा रहेको उनले बताए ।

अखिल (क्रान्तिकारी) वाल्मीकि विद्यापीठका अध्यक्ष हरि न्यौपानेले निजी ईन्स्टिच्युटको मनपरिले वाल्मीकिको मात्रै नभइ संस्कृत विश्वविद्यालयकै गरिमा ढलेको बताए ।वाल्मीकि विद्यापीठ र संस्कृत विश्वविद्यालको समग्र सुधारका लागि पटपटक प्राचार्य र भिसीलाई भेटेर कुरा गरे पनि प्रतिफल नआएको उनको गुनासो थियो।धेरै पहिले देखि नै ईन्स्टिच्युटले राखेको होडिङ बोर्ड हटाउन माग गर्दा क्याम्पस प्रशासनले वेवास्था गरेको उनले बताए ।

 

 

कमेन्ट गर्नुहोस्