महानगर प्रमुख दाहालद्धारा वडा कार्यालय भवनको शिलान्यस

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर वडा नम्बर ४ को वडा कार्यालयको शिलान्यस गरेकी छन्।
बुधबार एक कार्यक्रमका बीच मेयर दाहालले भरतपुर ४ छाहारी बस पार्क नजिक रहेको स्थानमा निर्माण हुन लागेको भवनको शिलान्यस गरिन् ।
त्यस्तै मेयर दाहालले वडा नम्बर ४ मा निर्माण सम्पन्न भएको राम मन्दिर आधारभूत स्वास्थ्य चौकीको उद्घाटन गरिन्।
वडा कार्यालय शिलान्यस तथा स्वास्थ्य चौकी उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर दाहालले वडा कार्यालय निर्माण भएसँगै मुकानसहित छिटो छरितो सेवा प्रवाह हुने विश्वास व्यक्त गरिन ।

मेयर दाहालले अब दुई तीन वटा बाहेक सबै वडा कार्यालयहरु निर्माण सम्पन्न भइसकेको र बाँकी पनि निर्माण हुने बताइन् ।

नगरपालिका हुँदाका संरचनाबाट सेवा प्रवाहमा केही समस्या देखिएकाले नयाँ सुविधा सम्पन्न भवन निर्माण भएको र महानगरपालिकाको प्रशासनिक भवन पनि निर्माण कार्य केही समयमै हुने उल्लेख गरिन् ।

 

कमेन्ट गर्नुहोस्