नव निर्वाचित राष्ट्रपति रनिल बिक्रमसिंघेको बिरोध, श्रीलंकामा फेरी प्रदर्शन चर्किने संकेत

कोलोम्बो । बुधबार नयाँ राष्ट्रपति निर्वाचनको घोषणा भइरहेको बेला टेलिभिजनमा सत्तारुढ दलकै प्रधानमन्त्री तथा कार्यवाह राष्ट्रपति रनिल बिक्रमसिंघेलाई नयाँ राष्ट्रपति घोषणा गरियो ।

यो दृश्य राष्ट्रपति भवनमा अहिलेसम्म पनि कब्जा जमाइरहेका प्रदर्शनकारीको एक समूहले समेत हेरिरहेको थियो ।

सदनको बहुमतले अहिलेकै बेथितिका लागि जिम्मेवार सत्तारुढ दलकै बिक्रमसिंघेलाई अघि सार्ने निर्णय गरेपछि प्रदर्शनकारीहरुले त्यहीँबाट नारा घन्काए( रनिल बिक्रमसिंघे गो होम, वी वान्ट न्यू फेस ।

रनिल बिक्रमसिंघेलाई प्रदर्शनकारीले राष्ट्रपति रनिल बिक्रमसिंघेलाई स्वीकार्न सकेका छैनन् । श्रीलंकाको अहिलेको बर्बादीका पछाडि सत्तारुढ गठबन्धनजिम्मेवार रहेको बताएँदै नयाँ राष्ट्रपतिको माग गरेका हुन ।

यी त्यही रनिल बिक्रमसिंघे हुन, जो राजपाक्षे राष्ट्रपति हुँदा प्रधानमन्त्री थिए । यिनको निवासलाई प्रदर्शनकारीहरुले आगो लगाएका थिए । प्रदर्शनकारीहरुले रनिल बिक्रमसिंघले राजीनामा दिनुपर्ने माग राख्दै प्रदर्शन चर्काउने निर्णय गरेका छन् ।

प्रदर्शनकारीहरुले संविधान संशोधनमार्फत राष्ट्रपतिको अधिकारमा कटौती गर्नुपर्ने र निर्वाचनको घोषणा गर्नुपर्ने माग राखेका छन् ।

कमेन्ट गर्नुहोस्