बाढीले सडक बगाएपछि सुत्केरीको हेलिकप्टरबाट उद्धार

मेलम्ची । मेलम्ची–हेलम्बु सडक बाढीले बगाएपछि हेलम्बु गाउँपालिका–५ की सुत्केरी माया तामाङलाई विहान हेलिकप्टरबाट उद्धार गरी राजधानीका एक अस्पताल लगिएको छ ।

हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले सुत्केरी भएका उक्त महिला अत्याधिक रक्तस्रावका कारण जटिल अवस्थामा पुगेपछि हेलिकप्टर बोलाएर थापाथलीस्थित सरकारी अस्पतालमा पु¥याउनु परेको गुनासो गरेका छन् ।

बाढीले सडक क्षतिग्रस बनाएपछि अहिले उक्त स्थानमा सवारी साधन र पैदल यात्रा पूर्णरुपमा रोकिएको छ ।

कमेन्ट गर्नुहोस्