फिरोजाबाद । भारतको फिरोजाबादमा मुटु नै कम्पन गराउने दुर्घटना घटेको छ ।
उत्तरप्रदेशको फिरोजाबादमा एकजना गर्भवती महिलालाई ट्रकले कुल्चिँदा उनको ज्यान गएको छ ।
दुर्घटनामा दुई टुक्रा हुन पसगेकी आमाको पेट फुट्न पुग्दा गर्भमा शिशु भने उछिट्टिएर ५ फिट पर खसेकी थिइन । दैनिक भास्करमा प्रकाशित समाचार अनुसार नवजात शिशुको अवस्था सामान्य छ । उनलाई अहिले अस्पताल भर्ना गरिएको छ ।
गर्भवती महिलासँगै उनका श्रीमान पनि ससुरालीतर्फ गइरहेको बेला ट्रकले ठक्कर दिएर उनीमाथि गुडेको थियो ।
महिलाको मृत्युको समाचार सुनेपछि उनका काकाको समेत ह्रदयघातबाट निधन भएको छ ।
आगराको धनौला निवासी रामुलाई निजकी नौ महिना गर्भवती रहेकी श्रीमतिले माइती जान जिद्दि गरेपछि उनी मोटरसाईकलमा ४० किमी टाढा रहेको ससुराली गइरहेका थिए ।