एसपीपी अस्वीकार गरेको पत्र पठाउन रुलिङको माग

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सांसदहरुले अमेरिकी राज्य साझेदारी कार्यक्रम (एसपीपी) मा नेपाल सहभागि नहुने पत्र तुरुन्तै पठाउन माग गरेका छन् । संघीय संसदको प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै सांसदहरुले मन्त्रिपरिषदले निर्णय गरिसक्दा पनि परराष्ट्र मन्त्रालयले अमेरिकालाई पत्राचार नगरेकोमा आक्रोष व्यक्त गरे ।

बैठकमा बोल्दै नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव प्रसाद गुरुङले एसपीपी अस्वीकार गरेको पत्र अहिले सम्म नपठाएर फरक नाममका कार्यक्रम मार्फत नेपाललाई अमेरिकी सैन्य रणनीतिमा लैजान खोजिएको आशंका गरे । उनले यस विषयमा तुरुन्त पत्राचार गर्न सरकारालाई सभामुखले रुलिङ गर्न माग गरे ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता भीमबहादुर रावलले पनि नेपाललाई युद्धतर्फ धकेल्ने प्रयास भइरहेको तर्क छ । उनले थपे, ‘गौतमबुद्ध जन्मेको देश नेपाल द्धन्दको विभिशिखा तर्फ धकेलिने भएकाले अमेरिकी राज्य साझेदारी कार्यक्रममा सामेल हुन नसक्ने पत्र पठाउँदै पत्र पठाएको कुरा संसदलाई जानकारी पठाउन रुलिङको माग गर्दछु ।’ बैठकमा अधिकाँश समय चियाका बारेमा बोलेका एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पनि एसपीपी फिर्ता गरेको पत्र तुरुन्त पठाउनका लागि सरकारलाई रुलिङ गर्न माग गरे ।

कमेन्ट गर्नुहोस्