द्धन्द्ध पिडीतको घाउमा मल्हम लगाउन सांसद सत्य पहाडीको माग

काठमाडौं । नेकपा माओवादी केन्द्रकी संसद सत्य पहाडीले द्धन्द्धको घाउ निको नभए पुनः देशमा अर्को द्धन्द्ध हुने चेतावनी दिएकी छन् । प्रतिनिधिसभा विशेष समयमा बोल्दै उनले बिस्तृत शान्ती सम्झौताको कार्यनवयन नभएको खण्डमा द्धन्द्धकालमा घाइते र अपांग भएका तथा द्धन्द्धपिडीतहरुले हतियार उठाउने चेतावनी दिएकी हुन् ।

हिजो द्धन्द्धकालिन समयमा शरिरमा भएका गोलीका छर्राहरुका कारण उपचार नपाएर क्यान्सरको शिकार भइरहेको अवस्थामा उनीहरुलाई उपचाचर घाइते तथा द्धन्द्धपिडीत परिवारलाई परिचयपत्रको व्यबस्था तुरुन्त गर्न उनले माग गरेकी हुन् ।

उनले सरकारलाई नेपाली उखान खोला तर्यो लौरो विर्सीयो भने झैं भएको बताउँदै देशमा यत्रो परिवर्तन गर्ने योद्वाहरुलाई सरकारले विर्सीएको बताइन् । जनयुद्व जनआन्दोलन र तराइ आन्दोलनमा हजारौं योद्वाहरुको रगतबाट भएको परिवर्तनले हामीहरुलाई यहाँ सम्म ल्याएको भए पनि हामीहरुले उहाँहरुको बलीदान र योगदानलाई बिर्सीएको बताइन् ।

द्धन्द्धको समयमा आमाबाबु गुमाएका साना लालाबालाहरु १८–१९ वर्षको भइ सक्दा समेत सरकारले उनीहरुलाई परिचयपत्र दिन नसक्दा, घाइते तथा अपांगहरुलाई उचित क्षतीपूर्ती दिन नसक्दा र द्धन्द्धका समयमा भएका लँडाइहरुमा घाइते भएका योद्धाहरुलाई उपचार तथा व्यवस्थापन गर्न नसक्दा भोली देशले पुनः क्षती व्यहोर्नु पर्ने अवस्था सृजना भएको बताइन् ।

उनले सरकारलाई द्धन्द्ध पिडीतहरुलाई तत्काल ब्यवस्थापन गरेर बृहत शान्ति सझौता कार्यन्वयन गर्न आग्रह गरेकी छन् ।

 

कमेन्ट गर्नुहोस्