यो खुसी साट्न द्रौपदीसँग न जीवनसाथी छन्, न छोराहरु नै

काठमाडौं । भारतको राजनीतिक इतिहासमा पहिलोपटक देशको सर्वोच्च पदमा एकजना आदिवासी महिला आसीन भएकी छिन् ।

सत्तारुढ भारतीय जनता पार्टी गठबन्धनको उम्मेदवारको रुपमा रेकर्ड मत ल्याएँदै द्रौपदी राष्ट्रपतिमा निर्वाचित भएकी हुन् ।
सामान्य गरीब परिवारमा जन्मेकी द्रौपदीको जीवन कैयनका लागि प्रेरणाको श्रोत बनेको छ । उनको जीवनका उतारचढावले जीवनमा हार होइन, जीतका लागि संघर्ष छोड्नु हुन्न भन्ने कुरा देखाएँछ ।

पीडा के हो भन्ने कुरा द्रौपदीले तीतोरुपमा अनुभूति गरेकी छिन् जीवनमा । सन् २०१० देखि २०१४ को अवधिमा एकपछि अर्कोगर्दै उनको जीवनमा बज्रपात पर्यो । २५ वर्ष उमेरका उनका छोराको रहस्यमयी मृत्यु भयो ।

साँझ एउटा पार्टीबाट फर्केपछि आफ्नो कोठामा गएर सुतेका छोरा लक्ष्मण मुर्मु बिहान भने मृत अवस्थामा फेला परे । उनको निधन के कति कारणले भयो भन्ने कुरा खुल्न सकेन ।

छोराको मृत्युले आहत द्रौपदीको दुखको पहाड यत्तिकैमा रोकिएन । सन् २०१२ मा उनका कान्छा छोराको सडक दुर्घटनामा मृत्यु भयो ।

जेठो छोराको निधनपछि द्रौपदी टुट्न पुगिन्। उनकी भाउजु शाक्यमुनीका अनुसार, ६ महिनासम्म डिप्रेसनबाट मुक्ति पाउन सकिनन् द्रौपदीले । उलाई सम्हाल्नु गारो थियो । त्यही बीचमा उनी ब्रम्हकुमारी योगतर्फ आकर्षित भइन् ।

घरका दुबै छोराका निधन भएपछि द्रौपदीले त्यहाँ बस्न सकिनन् । उनले उक्त घरलाई छात्रावासको रुपमा निर्माण गरेर आदिवासी विद्यार्थीहरुलाई पढाउन थालिन्।

तर दुखको थैली पोखिन अझै बाँकी नै थियो । सन् २०१४ मा जीवनभरी सुखदुखमा साथ दिएका उनका श्रीमानको निधन भयो । श्रीमानको मृत्यु उनका लागि कम्ता पीडादायी थिएन । तिनै श्रीमान जोसँग ४५ वर्षअघि उनको प्रेम बसेको थियो । जसले द्रौपदीसँग विवाह गर्न अड्डी नै कसेका थिए । द्रौपदीका बुवाले विवाह गर्न नमानेपछि तीनदिनसम्म उनीहरुकै गाउँमा बसेर अन्ततः आफ्नो प्रेम पाउन सफल भएका थिए ।

श्रीमानको मृत्युपछि पनि द्रौपदीको संघर्षमा कुनै कमी आएन। उनले निरन्तररुपमा आदिवासी जनताका लागि काम गर्दै आइन । अहिले उनी राष्ट्रपतिमा निर्वाचित भएकी छिन् तर यो खुसी साट्न उनीसँग छोरा छैनन् न त श्रीमान नै ।
अनि उनले आफूलाई सम्हालिन र सामाजिक क्षेत्रमा होमिइन्।

भाजपाबाट सन् १९९७ मा उडसाको रैरानागपुर नगर पञ्चायतको काउन्सिलर निर्वाचित भएकी थिइन् । सन् २००० मा उक्त नगर पञ्चायतको प्रमुख बनिन् । भाजपाको आदिवासी मोर्चाको उपाध्यक्ष बनिन् ।

उडिसामा भाजपा र बिजु जनता दलको संयुक्त सरकार हुँदा २००० देखि २००२ सम्म मन्त्री पनि भइन् ।

बिहानै साढे तीन बजे उठेर ध्यान र सत्संगमा लाग्छिन् राष्ट्रपति द्र्रापदी । दुखका पहाडमा पनि संघर्षबाट कहिल्यै विचलित नभएकी द्रौपदीको गाउँमा अहिले श्रीमान र दुबै छोराको सालिक बनाइएको छ ।

द्रौपदीको जीतमा भारतभरी उत्साह छाएको छ । विचारधाराको हिसाबले उनी दक्षिणपन्थी भाजपा समर्थित हुन तर प्रतिनिधित्वको हिसाबले उनी आदिवासी महिला हुन । र, भारतको हकमा आदिवासीहरु राज्यको मूलधारमा कहिल्यै आउन सकेका छ्रैनन् । यसअर्थमा पनि द्रौपदीको जीतलाई विशिष्टरुपमा हेरिएको हो ।

 

कमेन्ट गर्नुहोस्