किरात सभ्यताको ‘खुवालुङ’मा आधारित नाटक आजदेखि मञ्चन हुँदै

काठमाडौं । किरात समुदायको सभ्यताको प्रतीक मानिने चर्चित खुवालुङमा आधारित रहेको नाटक ‘खुवालुङः ढुंगाको बाटो’ आजबाट मञ्चन हुँदैछ ।

आज (शुक्रबार) देखि साउन २९ गतेसम्म (सोमबारबाहेक) हेरक साँझ पाँच बजे काठमाडौंको थापागाउँस्थित मण्डला थिएटरमा ‘खुवालुङ’ मञ्चन हुनेछ । शुक्रबार र शनिबार दिउँसो १ बजे पनि मञ्चन हुनेछ ।

यसअघि ‘जोखाना’ र ‘लाटो पहाड’ नाटकबाट चर्चा कमाएका किरण चाम्लिङ राईले यसलाई निर्देशन गर्दैछन् ।

नाटकले सुनकोशी, अरुण र तमोर नदीको त्रिवेणीमा रहेको खुवालुङ ढुंगाको सभ्यतालाई लिएर रहेको मिथक र पछिल्लो समय भएको राजनीतिकरणलाई चित्रण गर्ने लेखक राजन मुकारुङले जानकारी दिए ।

नाटकमा पशुपति राई, मानङ लावती, इंगीहोपो कोइँच सुनुवार, संयोग गुरागाईं, अनु थापा, सबिना थापा क्षेत्री,, प्रशंसा गुरुङस, दिपा सुहाङ्ग लिम्बू,मणि कुलुङ राई, मानहाङ लावती, युवहाङ राई, वेदना राई, सविना थापा, सरा लोहोरुङ राई, रोशनी स्याङ्बो, सुरज यादव, रमिला मोक्तान, विनोद प्रकाश धामीहित ३० जना कलाकारले अभिनय गर्ने भएका छन् ।

कमेन्ट गर्नुहोस्