दिनेश गुणावर्धन बने श्रीलङ्काको नयाँ प्रधानमन्त्री

कोलम्बो । दिनेश गुणावर्धनले आज श्रीलंकाको नयाँ प्रधानमन्त्रीको रुपमा शपथ ग्रहण गरेका छन् ।

गुणावर्धनको नियुक्ति ६ पटकका प्रधानमन्त्री रनिल विक्रमासिङ्घे राष्ट्रपति बनेपछि भएको हो ।
७३ वर्षका गुणावर्धन यसअघि विदेशमन्त्री र शिक्षामन्त्री बनिसकेका छन् ।

अप्रिलमा तत्कालीन राष्ट्रपति गोटाबाया राजपाक्षेले उनलाई गृहमन्त्री नियुक्त गरेका थिए ।

कमेन्ट गर्नुहोस्