स्वास्थ्य क्षेत्रमा देखिएका समस्या तत्काल समाधान गर्न समितिको निर्देशन

काठमाडौं । शिक्षा तथा स्वास्थ्य समितिले स्वास्थ्य क्षेत्रमा देखिएका समस्या तत्काल समाधान गर्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीको अध्यक्षतामा बसेको बैठकले उक्त निर्देशन दिएको हो ।

बैठकमा स्वास्थ बीमामा देखिएका समस्या ,शहिद गंगालाल अस्पताल बांसबारीमा मुटुका विरामिको उपचारका सम्बन्धमा देखिएका समस्याहरु र कोभिड–१९को सङक्रमण दर बढेको सम्बन्धमा छलफल गरिएको थियो ।

सो छलफलमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानिप्रसाद खापुङ , समितिका सदस्यहरु, मन्त्रालयका सचिवहरु, विमा बोर्डका अध्यक्ष ,विमा बोर्डका कार्यकारी निर्देशक र शहिद गंगालाल अस्पतालका कार्यकारी निर्देशक लगायतको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्