प्रदर्शनकारीमाथि मध्यरातमा सेनाकाे कार्वाही, २ पत्रकारसहित ९ गिरफ्तार

कोलोम्बो । श्रीलंकाका नयाँ राष्ट्रपतिको बिरोधमा राष्ट्रपति भवन अघि धर्ना दिइरहेका प्रदर्शनकारीमाथि सेनाले मध्यराती हमला गरेको छ ।

स्थानीय मिडियाले जनाए अनुसार, मिडियाको न्यून उपस्थिति भएको बेला उक्त आक्रमण भएको थियो ।

सेनाले प्रदर्शनकारीका टेन्ट उखेलेर फाल्नुका साथै केही प्रदर्शनकारीलाई गिरफ्तार समेत गरेको छ ।

नयाँ राष्ट्रपति रनिल बिक्रमसिंघेले शपथ लिएलगत्तै सरकारविरोधी प्रदर्शनकारीमाथि कडा कार्वाही गर्ने घोषणा गरेका थिए । यसको केही घण्टापछि सेनाले प्रदर्शनकारीमाथि कार्वाही सुरु गरेको हो ।

श्रीलंकाका कैयन् नागरिक संगठनले नयाँ राष्ट्पति पनि राजपाक्षे परिरवारकै भएको बताउँदै कुनै आसा राख्न नसकिने बताएका छन् । श्रीलंकामा जारी संकटका लागि राजपाक्षे र रनिल बिक्रमसिंघे उत्तिकै जिम्मेवार रहेको भन्दै उनीहरुले प्रदर्शन जारी राखेका छन् । गाला फेस नामक एक संगठनले शुक्रबार बिक्रमसिंघेविरुद्ध नाराबाजी गरेको थियो ।

मानवाधिकार आयोगले मध्यराती गरिएको कार्वाहीको बिरोध गरेको छ ।

कमेन्ट गर्नुहोस्