तीन महिना लामो प्रयासपछि रुस र युक्रेनबीच सम्झौता

मास्को, रुस र युक्रेनबीच युद्धका कारण विश्वव्यापी भोकमरी बढदै गएको बेला गहुँ निर्यातसम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

यो सम्झौताले गत फेब्रुअरी २४ देखि सुरु भएको युद्धका कारण भोकमरीको शिकार बनेका लाखौं मानिसलाई राहत पुग्ने देखिन्छ ।

टर्कीको मध्यस्थतामा दुबै पक्षबीच ब्ल्याक सीको मार्ग उपयोग गरेर गहुँ निर्यात गर्न दिने सहमति भएको हो ।

तर यो सहमति द्विपक्षीय भने भएको छैन । संयुक्त राष्ट्रसंघको संयोजनमा भएको सहमतिमा दुबै देशका प्रतिनिधि एउटै टेबलमा नसबेको बिबिसीले जनाएको छ । दुबै देशले संयुक्त राष्ट्रसंघको रोहबरमा युक्रेनबाट यूरोपमा गहुँ निर्यात गर्न दिइने विषयमा सम्झौता भएको हो ।

टर्कीमा भएको हस्ताक्षर कार्यक्रममा दुबै देशले प्रतिनिधित्व गरेका थिए । रुसका रक्षामन्त्री सेर्गेईले उक्त सम्झौतामा शुरुमा हस्ताक्षर गरेका थिए । त्यसपछि युक्रेनका पूर्वाधार मन्त्री अलेक्ज्यान्डरले हस्ताक्षर गरे ।

युद्धका कारण रुसले ब्ल्याक समुन्द्रको बाटो बन्द गरेपछि तीनमहिनादेखि यो सम्झौताको अभ्यास सुरु भएको थियो ।

युक्रेनबाट गहुँ आयात बन्द भएपछि यूरोपमा ब्रेड, पास्तालगायतका खाद्य सामग्रीको मूल्य आकासिएको थियो । रुसले युक्रेनका कतिपय भूभाग कब्जा गरेपछि ब्ल्याक सीको बाटो बन्द भएको थियो ।

 

कमेन्ट गर्नुहोस्