मनिषा आचार्यद्वारा लिखित उपन्यास छोरीको लोकार्पण साउन ८ गते हुने

काठमाडौं । अखिल (क्रान्तिकारी)की नेत्री मनिषा आचार्यद्वारा लिखित उपन्यास छोरीको साउन ८ गते लोकार्पण हुने भएको छ । लोकार्पण अनेरास्ववियू (क्रान्तिकारी) केन्द्रिय समितिको आयोजनामा काठमाडौंमा हुन लागेको हो ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का स्थाई समिति सदस्य तथा उर्जामन्त्री पम्फा भुसाल, पुर्व मन्त्री तथा नेकपा (ऐस) का सचिव रामकुमारी झाँक्री, अनेरास्ववियू (क्रान्तिकारी)का अध्यक्ष पञ्चा सिंह लगायतको सहभागिता रहने अखिल(क्रान्तिकारी)ले जनाएको छ । पुस्तक माथि सन्तोष परियारले प्रकाश पार्ने छन् ।उपन्यास विशेषगरी नेपाली उत्पीडित, दलित एकल महिलाहरुको कथामा आधारित छ ।

कार्यक्रम भृकुटीमण्डपस्थित पर्यटन बोर्डको सभाहलमा दिउँसो २ बजे सुरु हुनेछ । पाँचथर फिदिम स्थाई घर भएकी पुस्तककी लेखिका आचार्य अनेरास्ववियू (क्रान्तिकारी)को प्रदेश नं १ का उपाध्यक्ष हुन् । छोरी उपन्यास लाईफ रिसर्च एण्ड पब्लिकेशन प्रा.लिले बजारमा ल्याएको हो ।

 

कमेन्ट गर्नुहोस्