कांग्रेसले भीमदत्तलाई सम्मान नगर्दा मेराे शरीर सिरिङ्ग हुने गरेको छ- अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी ओलीले भीमदत्त पन्तलाई कांग्रेसले सहीदकाे सम्मान नदिएकाेमा आपत्ति प्रकट गरेका छन् । ४४ औं पुष्पलाल जन्मजयन्तीको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै एमाले अध्यक्ष ओलीले नेपाली काँग्रेसले प्रजातान्त्रिक लडाईमा शहीद भएकाहरुलाई उचित सम्मान दिन नसकेको बताए । ओलीले कार्यक्रममा भने, ‘भीमदत्त पन्तलगायतका शहीदलाई कहिल्यै आफ्नो शहीद नमानेको देख्दा अझै पनि मेरो शरीर सिरिङ्ग हुने गरेको छ’ ।

एमाले अध्यक्ष ओलीले नेपाल कम्युनिष्ट आन्दोलनमा पुष्पलालले पुर्याएको योगदानको चर्चा गरेका छन । पुष्पलालले कम्युनिष्ट पार्टीको घोषणा पत्र अनुवाद गरेर गाउँ गाउँ पुर्याएको स्मरण गर्दै ओलीले अग्रजहरुले देखाएको बाटोबाट बिचलीत नहुने प्रणसमेत गरेका छन ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसले प्रजातान्त्रिक लडाईमा सहभागी भएका शहीदहरुलाई सम्मान दिन नसकेको आरोप लगाएका छन । ४४ औं पुष्पलाल जन्मजयन्तीको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै एमाले अध्यक्ष ओलीले काँग्रेसमाथि सो आरोप लगाएका हुन ।

‘नेपाली काँग्रेसले प्रजातान्त्रिक लडाईमा शहीद भएकाहरुलाई उचित सम्मान दिन कहिल्यै सकेको छैन’ ओलीले कार्यक्रममा भने, ‘भीमदत्त पन्तलगायतका शहीदलाई कहिल्यै आफ्नो शहीद नमानेको देख्दा अझै पनि मेरो शरीर सिरिङ्ङ हुने गरेको छ’ ।

एमाले अध्यक्ष ओलीले नेपाल कम्युनिष्ट आन्दोलनमा पुष्पलालले पुर्याएको योगदानको चर्चा गरेका छन । पुष्पलालले कम्युनिष्ट पार्टीको घोषणा पत्र अनुवाद गरेर गाउँ गाउँ पुर्याएको स्मरण गर्दै ओलीले अग्रजहरुले देखाएको बाटोबाट बिचलीत नहुने प्रणसमेत गरेका छन ।

कमेन्ट गर्नुहोस्