चिकित्सा शिक्षा सुधारको माग गर्दै संसदीय समितिलाई विद्यार्थीको ७ बुँदे ध्यानाकर्षणपत्र

काठमाडौं । विद्यार्थीहरुले विभिन्न ७ बुँदे मगसहित संसदीय समितिलाई ध्यानाकर्षणपत्र बुझाएका छन् ।

चिकित्सा शिक्षा संघर्ष समितिको नेतृत्वमा उनीहरुले शिक्षा तथा स्वास्थ्य संसदीय समितिलाई ध्यानाकर्षणपत्र बुझाएका हुन् ।

शिक्षा तथा स्वास्थ्य संसदीय समितिलाई ध्यानाकर्षणपत्रमा विद्यार्थी भर्ना र छात्रवृति वितरणमा मेरिटलाई बेवास्ता गरिएको लगायतका छन् ।

उनीहरुले मेरिटोक्रेसीको वैज्ञानिक र न्यायापूर्ण प्रयोग गर्न आग्रह गरेका छन् । यस्तै उनीहरुले चिकित्सा शिक्षामा व्यापारिकरणका साथै विचौलियाहरु नियन्त्रण गर्न पनि ध्यानाकर्षणपत्रमार्फत आग्रह गरेका छन् ।

यस्तै उनीहरुले मेडिकल कलेजको गुणस्तर अन्तर्राष्ट्रिय मापदण्ड अनुसार व्यवस्थित गर्न र २०७९–८० मा गरेको शिक्षण शुल्क वृद्धि खारेज गर्न माग गरेका छन् ।

उनीहरुले डा. गोविन्द केसीसँग गरिएको सम्झौता पूर्ण रुपमा तत्काल कार्यन्वयन गर्न माग गरेका छन् । चिकित्शा शिक्षा एकीकृत प्रवेश परीक्षा संचालन हरेक दोस्रो शंसोधन पुनर्विचार गर्न र जवाफदेहीता, भौगोलिक, सामाजिक न्याय कायम गर्न पनि उनीहरुको आग्रह छ ।

स्वास्थ्य तथा शिक्षा संसदीय समितिका सभापति जय पुरी घर्तीले विद्यार्थीका मागमा आफु र संसदीय समिति गम्भिर रहेको भन्दै आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

कमेन्ट गर्नुहोस्