माओवादी केन्द्र निकट कर्मचारी चितवनको अध्यक्षमा प्रेमप्रसाद ढकाल निर्वाचित

भरतपुर । नेकपा (माओवादी केन्द्र) निकट नेपाल राष्ट्रिय कर्मचारी महासंघको चितवन जिल्ला समितिको पाचौँ जिल्ला अधिवेसन सम्पन्न भएको छ । अधिबेसनले प्रेमप्रसाद ढकाल (निजामती) को अध्यक्षतामा ११ सदस्यिय समिती र ३ जना मनोनित सदस्य रहने गरी नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

सो कार्यसमितिको उपाध्यक्षमा जितेन्द्र घर्ती(बैंकिङ) र सबिता सापकोटा (विश्वविद्यालय), सचिबमा संतोष आचार्य (स्थानिय निकाय), सहसचिवमा सुदर्शन रेग्मी(वन) र कोषाध्यक्षमा प्रदिप पौडेल(प्राधिकरण) रहेका छन् ।

त्यस्तै सदस्यमा गोविन्द पौडेल(निजामति), प्रकाश ढुंगाना (स्थानीय निकाय), मीना भुसाल (स्वास्थ्य), पार्वती दाहाल (विश्वविद्यालय) र राजु त्रिपाठी(विश्वविद्यालय) रहेका छन् । यसैगरी मनोनित तिन सदस्यमा बालकृष्ण तिवारी(स्वास्थ्य–करास), स्मृति श्रेष्ठ(महानगर) र तोयनाथ भट्टराई(पब्लिक क्याम्पस) रहेका छन् ।

सो अधिवशेनले बाबुराम दवाडी सल्लाहकार संयोजक रहेको ५ सदस्यीय सल्लाहकार समिती समेत निर्वाचित गरेको छ ।

अधिवेसनलाई नेकपा(माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवम बागमती प्रदेशका मन्त्री माननीय घनश्याम दाहाल, चितवन जिल्ला संयोजक आरसी अधिकारी, सचिव द्रोणबाबू शिवाकोटी, महानगर अध्यक्ष इश्वर सापकोटा, सचिव निशा न्यौपाने, महासंघ केन्द्रीय सदस्य प्रमोद वावु तिवारी, निजामती केन्द्रीय उपमहासचिब सुरेश चापाईं लगायतले शुभकामना मन्तव्य दिएका थिए।

कमेन्ट गर्नुहोस्