युरोकपमहिला फुटबल: नेदरल्याण्ड्सलाई हराउँदै फ्रान्स सेमिफाइनलमा

काठमाडौं । साविक विजेता नेदरल्याण्ड्सलाई हराउँदै फ्रान्स युरोकप महिला फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

इंग्ल्याण्डको रोथरह्याममा शनिबार राति भएको क्वाटरफाइनल खेलमा नेदरल्यान्ड्सलाई अतिरिक्त समयमा १–० ले हराउँदै फ्रान्सले सेमिफाइनलमा प्रवेश गरेको हो ।

निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि अतिरिक्त समयमा फ्रान्सकी इभे पेरिसेले खेलको १ सय २ औं मिनेटमा पेनाल्टीमार्फत निर्णायक गोल गरिन् ।

जितसँगै फ्रान्स पहिलो पटक युरोकप महिला फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । फ्रान्सले अब बुधवार हुने सेमिफाइनलमा ८ पटकको च्यापियन जर्मनीसँग खेल्नेछ ।

प्रतियोगिताको अर्को सेमिफाइनल खेलमा आयोजक इंग्ल्याण्ड र स्विडेन भिड्नेछन् ।

कमेन्ट गर्नुहोस्