झापाको चिया बगानमा ३ किशोरी एउटै रुखमा झुण्डिएको अवस्थामा फेला

काठमाडौं । झापाको कचनकवल गाउँपालिका–५ स्थित पठामारीमा ३ किशोरी एउटै रुखमा झुण्डिएको अवस्थामा मृत भेटिएका छन् । सुनकोशी चिया बगानमा कार्यरत ३ किशोरी झुण्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

पंचम गणेशकी १६ वर्षीया छोरी करिना, पुवालु गणेशकी १७ वर्षीया छोरी अञ्जली र वीरबल गणेशकी छोरी १६ वर्षीया कल्पना मृत अवस्थामा भेटिएका हुन् । उनीहरु बयरको रुखमा डोरीको पासोमा झुण्डिएको अवस्थामा फेला परेका हुन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्