रुपन्देही बुद्धिजीवी संगठनको संयोजकमा डा. कृष्ण शर्मा निर्वाचित

भैरहवा । नेपाल बुद्धिजीवी संगठन, जिल्ला समन्वय समितिको रुपन्देहीको भेलाले डा. कृष्ण शर्मालाई संयोजकमा निर्वाचित गरेको छ ।
शनिबार भैरहवा बहुमुखी क्याम्पसमा लोक शर्मा बस्यालको अध्यक्षतामा सम्पन्न भेलाले शर्माको संयोजकत्वमा ५१ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो ।

समितिको सहसंयोजक प्रदिपकुमार पाण्डे, सदस्यहरुमा मदनकुमार पुन, कुमारी लक्ष्मी शर्मा, हिमलाल भुर्तेल, लेखनाथ खनाल, शैलेन्द्रकुमार त्रिपाठी, कौशलराज गौतम, पार्वती अधिकारी, कृष्णबहादुर क्षेत्री, मधु ढकाल, लक्ष्मी नेपाल, मकबुल अहमद, ओम शाहनी लगायत रहेका छन् ।

त्यसैगरी भेलाले अनिलकुमार झाको नेतृत्वमा डा. शारदा पौडेल, मुकुन्दराज पोख्रेल, मेघराज आचार्य, दुर्गादत्त शर्मा, गणेश पाण्डे रहेको सल्लाहकार समिति पनि बनाएको छ ।

भेलामा नेकपा माओवादी केन्द्र, रुपन्देहीका संयोजक नारायण जि।सी (निर्मल) प्रमुख अतिथि रहेका थिए भने विशिष्ट अतिथिहरुमा संगठनका लुम्बिनी प्रदेश इन्चार्ज तथा वरिष्ठ अधिवक्ता लिलाधर मरासिनी, भैरहवा बहुमुखी क्याम्पसका प्रमुख अनिलकुमार झा तथा अन्य अतिथिहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन इन्द्रबहादुर विश्वकर्मा र स्वागत केशव बेल्बासेले गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि जि।सी। ले बुद्धिजीवीले देशको मार्ग चित्र कोर्न विगतमा अहम भुमिका खेलेको र अहिले परिवर्तनका उपलब्धि जोगाउन भूमिका खेल्नुपर्ने बताएका थिए ।

रुपन्देहीका सबै स्थानीय तहबाट प्रतिनिधित्व भएको सो भेलालगत्तै पालिका स्तरीय भेला आयोजना गर्ने तथा लुम्बिनी प्रदेशका अन्य जिल्लामा संगठन अभियान अघि बढाइने संगठनका केन्द्रीय सदस्य तथा कार्यक्रमका अध्यक्ष लोक शर्मा बस्यालले बताएका छन् ।

 

कमेन्ट गर्नुहोस्