प्रभु बैंकको नाफा ५१ प्रतिशतले बढ्यो, गत वर्षको कमाइ कति ?

काठमाडौं । प्रभु बैंकको नाफा ५१ प्रतिशत बढेको छ। गत आर्थिक वर्षको अन्त्यसम्म बैंकले २ अर्ब ६० करोड रुपैयाँ खुद नाफा कमाएको हो।

अघिल्लो आर्थिक वष्र्मा १ अर्ब ७२ करोड रुपैयाँ थियो। बैंकको सञ्चालन मुनाफा पनि ४७ दशमलव ७५ प्रतिशत बढेको छ।

१२ अर्ब ७० करोड रुपैयाँ चुक्ता पुँजी भएको प्रभु बैंकले गत आर्थिक वर्षको अन्त्यसम्म १ खर्ब७८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर १ खर्ब ४५ अर्ब रुपैयाँ कर्जा दिएको छ।

अघिल्ले आर्थिक वर्षमा को तुलनामा बैंकको निक्षेप ८ दशमलव ३७ प्रतिशत बढेको देखिको छ। भने कर्जा बिस्तारमा ८ प्रतिशतको आज सार्वजनिक भएको वित्रिय विवरणले देखाएको छ।

बैंकको सीडी रेसियो पनि ७८ दशमलव ३५ प्रतिशत मात्र छ। खुद नाफा बढे पनि बैंकको वितरणयोग्य मुनाफा भने घटेको देखियो। करिब ४ दशमलव ६६ प्रतिशतले मुनाफा घट्दा बैंकसँग हाल एक अर्ब ४१ करोड रुपैयाँ वितरणयोग्य नाफा रहेको देखिएको छ।

बैंकको प्रतिसेयर आम्दानी ५ दशमलव ३० रुपैयाँ बढेर २० रुपैयाँ ४६ पैसा पुगेको छ।

कमेन्ट गर्नुहोस्